एफपीओ निष्कासन गर्न लागेको युनिक नेपाल लघुवित्त रू. ५ करोड ९८ लाख नोक्सानीमा

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनी चालू आवको तेस्रो त्रैमाससम्म  रू. ५ करोड ९८ लाख नोक्सानीमा छ । गत आवको तेस्रो त्रैमाससम्म भने कम्पनी रू. ७ करोड २७ लाख नाफामा थियो ।  चालू आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा धेरै रकम छुट्याउँदा नोक्सानीमा गएको हो । गत आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थामा रू. ७ करोड ७५ लाख छुट्याएकोमा चालू आवमा रू. १८ करोड ६० लाख छुट्याएको छ । त्यस्तै गरी कम्पनीको खुद ब्याज आम्दानी पनि  गत आवको तुलनामा चालू आवमा १९ प्रतिशत घटेको छ । गत आवमा रू. २० करोड ६२ लाख खुद ब्याज आम्दानी गरेको कम्पनीले चालू आवमा रू. १६ करोड ६४ लाख मात्र कमाएको हो ।  त्यस्तै गत आवमा ३ दशमलव ९३ प्रतिशत रहेको कम्पनीको निष्क्रिय कर्जा चालू आवमा १० दशमलव २९ प्रतिशत पुगेको छ । चुक्तापूँजी रू. ११ करोड ६ लाख रहेको कम्पनीले जगेडामा रू. १७ करोड ७० लाख सञ्चित गरेको छ । कम्पनी नोक्सानी रहेसँगै प्रतिशेयर आम्दानी ५७ रुपैयाँ ५३ पैसा ऋणात्मक छ । त्यस्तै तरलता अनुपात १० दशमलव शून्य ६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. ३३४ दशमलव १८ रहेको छ । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट थप सार्वजनिक निष्कासन (एफपीओ) का लागि स्वीकृति पाएको छ ।  स्वीकृति पाएसँगै कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्नेछ । बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस् 

सम्बन्धित सामग्री

युनिक नेपाल लघुवित्तको एफपीओ खरीद गर्ने आज अन्तिम दिन

काठमाडौं । युनिक नेपाल लघुवित्त लिमिटेडले जेठ ११ गतेदेखि विक्रीमा ल्याएको एफपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले प्रतिशेयर १००  अंकित मूल्यमा ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गरेको हो । जेठ १६ गतेसम्म कम्पनीको एफपीओ खरीदका लागि मागभन्दा ३९ दशमलव ४३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार १२ लाख ८५ हजार २२६ जना आवेदकहरूले १ करोड ४९ लाख ६१ हजार ४२० कित्ता शेयर खरीद माग गरेका हुन् । साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्ज भई बनेको यस कम्पनीमा संस्थापकतर्फ ९४ दशमलव शून्य १ प्रतिशत र सर्वसाधारणतर्फ ५ दशमलव ९९ प्रतिशत शेयर स्वामित्व रहेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत शेयर सर्वसाधारणमा छुट्याउनुपर्ने व्यवस्था अनुसार एफपीओ जारी गरेको हो । यस कम्पनीमा मर्ज भएको घोडीघोडा लघुवित्तले पहिलानै आईपीओ जारी गरिसकेको थियो । युनिक नेपालले आईपीओ जारी गर्न बाँकी रहेको शेयरपूँजीलाई धितोपत्र जारी गर्दा आईपीओ नामबाट जारी गर्न नमिल्ने भइकाले सोही आईपीओ जारी गर्न बाँकी रहेको रकमलाई एफपीओ विधिबाट विक्री गरेको हो । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि  अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । एफपीओ निष्काशनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । केयर रेटिङ नेपालले केयर एनपी ट्रिपल ए इस्यूअर देखि केयर एनपी डी इस्यूअरसम्मको रेटिङ् प्रदान गर्ने गर्दछ । जसमा केयर एनपी त्रिपल ए इस्यूअर रेटिङले बलियो आधारको संकेत गर्दछ भने केयर एनपी डी इस्यूअर रेटिङले कमजोर आधारको संकेत गर्दछ ।  गत आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनी ६ करोड ७३ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ । वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ ३२१ रूपैयाँ २३ पैसा रहेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार भने कम्पनी ५ करोड ९८ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । चालू आर्थिक वर्ष ०७९/८० को अन्त्यसम्म भने कम्पनीले १४ करोड १६ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफा गर्ने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्ष ०८०/८१ सम्म भने करिब २४ करोड सञ्चित नाफा गर्ने प्रक्षेपण कम्पनीले गरेको छ ।  सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

जेठ ११ गतेदेखि एफपीओ निष्कासन गर्दै युनिक नेपाल लघुवित्त

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ ११ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) विक्री खुला गर्दै छ । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो । साविक युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्थासँग मर्ज भई बनेको यस कम्पनीमा संस्थापकतर्फ ९४ दशमलव शून्य १ प्रतिशत र सर्वसाधारणतर्फ ५ दशमलव ९९ प्रतिशत शेयर स्वामित्व रहेको छ । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र नेपाल राष्ट्र बैंकले एक आपसमा गाभ्ने/गाभिनेका लागि अन्तिम स्वीकृतिपत्र प्रदान गर्दा दिएको निर्देशनबमोजिम कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो ।  कम्पनीको एफपीओ विक्री अवधि जेठ १६ गतेसम्मका लागि तोकिएको छ । सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा जेठ २५ गतेसम्म विक्री समय लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १०० कित्तासम्म आवेदन दिन सक्नेछन् ।  कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूणर् कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ । एफपीओ निष्कासनका लागि गराएको रेटिङमा कम्पनीलाई केयर रेटिङ नेपालले दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।  हाल कम्पनीको चुक्तापूँजी ११ करोड ६ लाख ३२ हजार ५०० रुपैयाँ रहेको छ । एफपीओ बाँडफाँटपश्चात् लघुवित्तको चुक्तापूँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । एफपीओपछि कम्पनीको संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत स्वामित्व कायम हुनेछ । गत आर्थिक वर्ष ०७८/७९ सम्मको वास्तविक वित्तीय विवरणअनुसार ७ करोड ६७ लाख रूपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ३२१ दशमलव २३ रहेको छ । चालू आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनी ५ करोड ९८ लाख रूपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

६ ओटा लघुवित्त कम्पनीद्वारा एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन

काठमाडौं  । ६ ओटा लघुवित्त कम्पनी एफपीओ निष्कासन गर्ने तयारी प्रक्रियामा लागेका छन् । यी ६ ओटा कम्पनीले एफपीओ निष्कासनका लागि विभिन्न समयमा नेपाल धितोपत्र बोर्डमा निवेदन दिसकेका छन् । यी कम्पनीलाई बोर्डले स्वीकृति दिएमा एफपीओ निष्कासन गर्नेछन् ।  एफपीओ निष्कासन गर्न किसान, मिर्मिरे, युनिक नेपाल, उन्नति सहकार्य, समता घरेलु र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले विभिन्न मितिमा बाोर्डमा निवेदन दिएका छन् । पूँजी संरचना मिलाउन यी लघुवित्त कम्पनीले एफपीओ निष्कासन गर्ने भएका हुन् ।  सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने व्यवस्था रहेको छ । सोही प्रावधान अनुसार यी कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् ।  सबैभन्दा बढी कित्ता एफपीओ किसान लघुवित्तको  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । उक्त एफपीओ निष्कासन गर्न कम्पनीले २०७८ असार २९ गते निवेदन दिएको थियो । बोर्डबाट स्वीकृति पाएपछि मात्र यो कम्पनीले एफपीओ निष्कासन गर्नेछ । कम्पनीको एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू. ५ करोड १४ लाख नाफा कमाएको छ ।  नयाँ सारथी लघुवित्त वित्तीय संस्था  नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्न गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिएसँगै यो कम्पनीको नाम नयाँ सारथी लघुवित्त वित्तीय संस्था भएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६ करोड ४० लाख  नाफा कमाएको छ ।  मिर्मिरे लघुवित्त वित्तीय संस्था  यो कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो  । कम्पनीले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा उक्त एफपीओ निष्कासन गर्न सेबोनमा २०७८ कात्तिक  २३ गते निवेदन दिएको थियो । कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १७ करोड ४९ लाख नाफा कमाएको छ ।  समता घरेलु लघुवित्त वित्तीय संस्था यो कम्पनी प्रतिकित्ता रू. १५९ दशमलव शुन्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले एफपीओ निष्कासन गर्न २०७८ चैत २९ गते सेबोनमा निवेदन दिसकेको छ । यो कम्पनीको एफपीओ विक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर भई समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ करोड ३६ लाखमा नाफा कमाएको छ ।  उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था  यो कम्पनीले प्रतिकित्ता रू.१५९ मा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्न २०७८ चैत २५ गते सेबोनमा निवेदन दिएको छ । उक्त एफपीओ विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  यो कम्पनी उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपमा गाभिएपछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको चैत मसान्तसम्म रू. ३ करोड ७९ लाख नाफा कमाएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था   यो कम्पनी प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि २०७८ चैत १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  यो कम्पनी साविकको युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात् युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ७ करोड २७ लाख नाफा कमाएको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड