युनिक नेपाल र घोडीघोडा लघुवित्तको मर्जर प्रक्रिया सकियो, पुस ३० गतेबाट एकीकृत कारोबार गर्दै

काठमाडौं। युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था गाभिएर पुस ३० गतेबाट एकीकृत कारोबार गर्ने भएका

सम्बन्धित सामग्री

घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तको मर्जरपछि कायम शेयर सूचीकृत

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको मर्जरपछि कायम शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । यी दुई कम्पनी १ बराबर शून्य दशमलव ५ को अनुपातमा शेयर आदानप्रदान गर्दै मर्जरमा गएका हुन् । यी दुई कम्पनीले मर्जर प्रक्रिया पूरा गरी २०७८ पुस ३० गतेदेखि एकीकृत कारोबार शुरू गरेका थिए । मर्जरका लागि सहमति भएको स्वाप रेसियोअनुसार कायम ११ लाख ६ हजार ३२५ कित्ता शेयर फागुन ३ गते नेप्सेमा सूचीकृत भएको हो । घोडीघोडा लघुवित्तको कुल १ लाख ३८ हजार १२५ कित्ता र युनिक नेपाल लघुवित्तको ९ लाख ६८ हजार २०० कित्ता शेयर सूचीरण भएको नेप्सेले जानकारी दिएको छ । साविक घोडीघोडा लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको कुल १ लाख ३८ हजार १२५ कित्ता शेयर युनिक नेपाल लघुवित्तको नाममा कारोबार हुने र युनिक नेपाल लघुवित्तको संस्थापकतर्फको कुल ९ लाख ६८ हजार २०० कित्ता शेयर थप सार्वजनिक निष्कासन सम्पन्न नभएसम्म कारोबार गर्न नपाइने नेप्सेको भनाइ छ । सूचीकरण भएको दोस्रो कारोबार दिनदेखि कारोबारयोग्य हुने यो शेयरको खुला मूल्य नेप्सले प्रतिकित्ता रू. ३२९ दशमलव ८३ देखि अधिकतम रू. ९८९ दशमलव ४९ तोकेको छ । आइतवारदेखि साविक घोडीघोडा लघुवित्तको शेयरधनीहरूले युनिक नेपाल लघुवित्तको नामबाट आफ्नो शेयर कारोबार गर्न सक्नेछन् ।

६ ओटा लघुवित्त कम्पनीद्वारा एफपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन

काठमाडौं  । ६ ओटा लघुवित्त कम्पनी एफपीओ निष्कासन गर्ने तयारी प्रक्रियामा लागेका छन् । यी ६ ओटा कम्पनीले एफपीओ निष्कासनका लागि विभिन्न समयमा नेपाल धितोपत्र बोर्डमा निवेदन दिसकेका छन् । यी कम्पनीलाई बोर्डले स्वीकृति दिएमा एफपीओ निष्कासन गर्नेछन् ।  एफपीओ निष्कासन गर्न किसान, मिर्मिरे, युनिक नेपाल, उन्नति सहकार्य, समता घरेलु र नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले विभिन्न मितिमा बाोर्डमा निवेदन दिएका छन् । पूँजी संरचना मिलाउन यी लघुवित्त कम्पनीले एफपीओ निष्कासन गर्ने भएका हुन् ।  सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्ज तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने व्यवस्था रहेको छ । सोही प्रावधान अनुसार यी कम्पनीले एफपीओ निष्कासन गर्न लागेका हुन् ।  सबैभन्दा बढी कित्ता एफपीओ किसान लघुवित्तको  किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रतिकित्ता रू. १२५ मा १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ निष्कासन गर्ने तयारी गरेको छ । उक्त एफपीओ निष्कासन गर्न कम्पनीले २०७८ असार २९ गते निवेदन दिएको थियो । बोर्डबाट स्वीकृति पाएपछि मात्र यो कम्पनीले एफपीओ निष्कासन गर्नेछ । कम्पनीको एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  एनआरएन लघुवित्त वित्तीय संस्थाले दिब्य लघुवित्त वित्तीय संस्था, किसान माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थालाई गाभेपछि एनआरएन लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरू भएको थियो । पछि कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नाम परिवर्तन गरी किसान लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबार गर्दै आएको छ । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्म रू. ५ करोड १४ लाख नाफा कमाएको छ ।  नयाँ सारथी लघुवित्त वित्तीय संस्था  नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले प्रतिकित्ता रू. ११६ मा ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्कासन गर्न गत भदौ ९ गते बोर्डमा निवेदन दिएको हो । यस कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रवन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।  नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र सारथी लघुवित्त वित्तीय संस्थाबीच एक आपसमा गाभिएसँगै यो कम्पनीको नाम नयाँ सारथी लघुवित्त वित्तीय संस्था भएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ६ करोड ४० लाख  नाफा कमाएको छ ।  मिर्मिरे लघुवित्त वित्तीय संस्था  यो कम्पनीले ५१ हजार ३१६ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको हो  । कम्पनीले प्रतिकित्ता रू. १७७ दशमलव ८ मा उक्त एफपीओ निष्कासन गर्न सेबोनमा २०७८ कात्तिक  २३ गते निवेदन दिएको थियो । कम्पनीले निष्कासन गर्न लागेको एफपीओ विक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  यस कम्पनीले नागबेली लघुवित्त वित्तीय संस्था र स्वेडा लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी एफपीओ निष्कासन गर्न लागेको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. १७ करोड ४९ लाख नाफा कमाएको छ ।  समता घरेलु लघुवित्त वित्तीय संस्था यो कम्पनी प्रतिकित्ता रू. १५९ दशमलव शुन्य ७ मा २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । कम्पनीले एफपीओ निष्कासन गर्न २०७८ चैत २९ गते सेबोनमा निवेदन दिसकेको छ । यो कम्पनीको एफपीओ विक्री प्रवन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।  समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर भई समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । कम्पनीले तेस्रो त्रैमाससम्म रू. ५ करोड ३६ लाखमा नाफा कमाएको छ ।  उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था  यो कम्पनीले प्रतिकित्ता रू.१५९ मा १ लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्कासन गर्न २०७८ चैत २५ गते सेबोनमा निवेदन दिएको छ । उक्त एफपीओ विक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।  यो कम्पनी उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था एक आपमा गाभिएपछि उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको चैत मसान्तसम्म रू. ३ करोड ७९ लाख नाफा कमाएको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था   यो कम्पनी प्रतिकित्ता रू. १०० मा ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्ने तयारीमा छ । कम्पनीले उक्त एफपीओ निष्कासनका लागि २०७८ चैत १७ गते धितोपत्र बोर्डमा निवेदन दिएको छ । एफपीओ विक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।  यो कम्पनी साविकको युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्ज गरेपश्चात् युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट कारोबारमा आएको हो । यस कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ७ करोड २७ लाख नाफा कमाएको छ ।  स्रोत : नेपाल धितोपत्र बोर्ड

युनिक नेपाल लघुवित्तले एफपीओ जारी गर्ने, धितोपत्र बोर्डसँग माग्यो अनुमति

चैत २१, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल धितोपत्र बोर्डसँग एफपीओ निष्कासनका लागि अनुमति  माग गर्दै निवेदन दिएको छ । कम्पनीले गत चैत १७ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपीओ निष्कासनको अनुमति माग्दै आवेदन दिएको हो। बोर्डले अनुमति दिएमा कम्पनीले ३ करोड ७९ लाख ४२ हजार ५०० रुपैयाँ बराबरको एफपीओ जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा  कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्कासन गर्नेछ।  कम्पनीकाो शेयर  निष्कासन तथा  विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। युनिक नेपाल लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई  मर्जर गरी गत पुस ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेको थियो । युनिक लघुवित्तले घोडीघोडा लघुवित्त वित्तीय संस्थालाई मर्जर गरेपछि बनेको युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले शेयर संरचना मिलाउनको लागि एफपीओ निष्कासन गर्न लागेको हो । घोडीघोडा लघुवित्त सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्त वित्तीय संस्था दोस्रो बजारमा सूचीकृत नभएको  कम्पनी हो । सूचीकृत कम्पनीले सूचीकृत नभएको कम्पनीलाई मर्जर तथा प्राप्ति गरेपछि शेयर संरचना मिलाउनका लागि एफपीओ निष्कासन गर्नुपर्ने कानूनी प्रावधान भएकाले  कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो । आवश्यक प्रक्रिया पुरा गरेर बोर्डबाट अनुमति पाएपछि मात्र कम्पनीले एफपीओ निष्कासन गर्नेछ ।

युनिक नेपाल लघुवित्तको शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

फागुन २५, काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।   शेयर रजिष्ट्रारमा नियुक्त भएसँगै धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्य मुक्तिनाथ क्यापिटल लिमिटेडमार्फत हुने कम्पनीले जानकारी दिएकोे छ । युनिक नेपाल लघुवित्तले घोडाघोडी लघुवित्तलाई मर्जर गरे पश्चात बनेको कम्पनीको सञ्चालक समितिको निर्णयआनुसार शेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।  युनिक नेपाल लघुवित्त र घोडीघोडा लघुवित्तले गत पुस ३० गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् ।  घोडीघोडा लघुवित्तको १०० कित्ता शेयर बराबर युनिक लघुवित्तको ५० कित्ता शेयर शेयर आदान प्रदान गर्ने सहमति अनुसार ती दुई कम्पनी मर्जरमा गएका हुन् ।

युनिक नेपाल र घोडीघोडाको एकीकृत कारोबार सुरु

युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्त वित्तीय संस्था मर्च भएपछि आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। शुक्रबार कोहलपुरमा सम्पन्न भएको एकीकृत कारोबार घोषणा कार्यक्रममा दुवै वित्तीय संस्थाका अध्यक्षद्वय...

घोडीघोडा लघुवित्त र युनिक नेपाल लघुवित्तको एकीकृत कारोबार पुस ३० गतेदेखि

पुस २१, काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले मर्जर प्रक्रिया सम्पन्न गरी पुस ३० गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।  ती दुई कम्पनी बीच २०७७ कात्तिक २१ गते मर्जर प्रक्रियामा जाने प्रारम्भिक सम्झौता भएको थियो । घोडीघोडा लघुवित्तका १०० कित्ता शेयर बराबर युनिक लघुवित्तको ५० कित्ता शेयर शेयर आदान प्रदान गर्ने सहमति अनुसार ती दुई कम्पनी मर्र्जरमा गएका हुन् । घोडीघोडा लघुवित्त धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनी हो भने युनिक नेपाल लघुवित्तले हालसम्म सर्वसाधारणमा शेयर जारी गरेको छैन । मर्जर सम्झौता भएसँगै घोडीघोडा लघुवित्तको शेयर कारोबार २०७७ साल कात्तिक २३ गतेदेखि नेप्सेमा रोक्का रहेको छ ।   घोडीघोडा लघुवित्तको असोज १६ गते र युनिक नेपाल लघुवित्तको असोज ८ गते सम्पन विशेष साधारण सभाले मर्जरमा जाने प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकबाट असोज २९ गते मर्जरको लागि अन्तिम स्वीकृति प्राप्त गरेका कम्पनीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयबाट पुस २० गते स्वीकृति पाएसँगै ती कम्पनीहरुले एकीकृत कारोबारको मिति तय गरेका हुन् ।  युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु हुने छ । मर्जर पश्चात बन्ने युनिक नेपाल लघुवित्तको केन्द्रीय कार्यालय साविककै कोहलपुर नगरपालिका ११ न्यूरोड, बाँकेमा नै रहनेछ । एकीकृत कारोबार शुरु हुने दिन दुबै कम्पनीको सवै कार्यालयहरुमा कार्य सञ्चालन भने हुने छैन ।