संखुवासभा- संखुवासभाको मकालु गाउँपालिका–३ हेदाङ्नाबाट प्रहरीले अवैध काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालयले चेकजाँच गर्ने क्रममा अवैध काठ फेला परेको जनाएको छ । इलाका प्रहरी कार्यालय हेदाङ्नाले ना७त ६३६३ नम्बरको ट्याक्टरसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शुभेष अधिकारीले जानकारी दिए । किमाथांकाबाट खाँदबारी ल्याउँदै गरेको अवैध काठसहित एउटा ट्याक्टर बरामद […]