रौतहटस्थित संयुक्त सुरक्षा टोलीले हजारौं मूल्य बराबरको अवैध सालको काठ बरामद गरेको छ । सेक्टर वन कार्यालय चोंचा र सशस्त्र प्रहरीको संयुक्त टोलीले गए राति जंगलसैया एरियाबाट ७ वटा सालको करिब ३० क्युफिट गोलिया र ७ थान साइकल बरामद गरेको हो ।तस्कर समूहले वनबाट अवैधरूपमा सालको काठ लगिरहेको सूचनाको आधारमा सशस्त्र वन सुरक्षा गार्ड र सशस्त्र बेस क्याम्प हरिनगरको संयुक्त टोलीले काठ र साइकल बरामद गरेको सेक्टर वन कार्यालय चोंचाका प्रमुख राजेश साहले बताए ।त्यसैगरी अस्थायी प्रहरी चौकी छेदी चौक र गरुडा इलाका प्