कञ्चनपुर : बेलौरी नगरपालिका–२ बन्दाताल क्षेत्रबाट प्रहरीले मंगलवार ट्रयाक्टरसहित ठूलो परिमाणमा अवैध तरिकाले ल्याइएको काठ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षत्रीका अनुसार से१त ४७०३ नम्बरको ट्रयाक्टरमा ११ गोलिया (१०१ दशमलव ८४ क्यूविक फुट) सालको काँचो काठ लोड गरी लैजाँदै गरेको अवस्थामा बरामद गरिएको हो। ट्रयाक्टर चालक चक्र बहादुर चौधरीलाई समेत नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक थापाले बताए। बरामद काठ ट्रयाक्टर र चाल