न्युजिल्यान्ड पहिलो पटक टि–२० विश्वकपको फाइनलमा

न्युजिल्यान्ड पहिलो पटक टि–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राती सम्पन्न पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक आइसिसी टि–२० विश्वकपको फाइनलमा पुगेको हो ।न्युजिल्यान्डले उपाधिको लागि अब अष्ट्रेलिया र पाकिस्तानबीचको खेलको विजेतासँग आइतबार खेल्नेछ । जितको लागि १६७ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल ४७ बलमा ४ चौका र ४ छक्का सहित ७२ रनमा अविजित रहे । न्युजिल्यान्डलाई अन्तिम ४ ओभरमा ५७ रन आवश्यक थियो । तर १७ औं ओभरमा क्रिस जोर्डनलाई जिमी निशमले २३ रन हानेपछि खेल नै मोडियो । १८ औं ओभरको दोस्रो बलमा जिमी निशम र चौथो बलमा डर्याल मिचेलले छक्का प्रहार गरेपछि न्युजिल्यान्डले खेलमा आशा फर्काएको थियो । १८ औँ ओभरकै अन्तिम बलमा निशम कभरमा ओईन मोर्गनबाट २६ रनमा कभरमा समातिए । निशमले १० बलमा ३ चौका र १ छक्का प्रहार गरे । १९ औैं ओभरको दोस्रो र तेस्रो बलमा डर्याल मिचेलले क्रिस वोक्सलाई छक्का प्रहार गरेपछि न्युजिल्यान्डले फाइनल यात्रा पक्का गरेको हो ।२००७ र २०१६ को संस्करणमा सेमिफाइनलबाट बाहिरिएको न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । २०१६ को सेमिफाइनलमा न्युजिल्यान्ड इंग्ल्यान्डसँग ७ विकेटले पराजित भएको थियो ।समूह चरणमा न्युजिल्यान्डले भारतलाई ८ विकेट, स्कटल्यान्डलाई १६ रन, नामिबियालाई ५२ र अफगानिस्तानलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको थियो । पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र पाकिस्तानबीच हुनेछ ।

सम्बन्धित सामग्री

बहराइनसँगको खेलमा नेपालले टस हार्‍यो

आइसीसी महिला टि २० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपालले टस हारेर फिल्डिङ गर्ने भएको छ।...

टि–२० विश्वकप एसिया छनोट नेपालमा

काठमाण्डाै – नेपालले टि–२० विश्वकप एसिया क्षेत्र छनोट चरणको प्रतियोगिता गर्ने भएको छ । अमेरिका र वेस्ट इन्डिजले सन् २०२४ को जुनमा आयोजना गर्ने टी–२० विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिता आयोजना गर्न दिएको हो ।नेपालले नोभेम्बरमा एसिया क्षेत्र छनोटको खेल आयोजना गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आईसीसीले नेपाललाई एसिया क्षेत्रको छनोट चरणको प्रतियोगिताको आयोजना अधिकार दिएको छ । यसअघ...

टि २० विश्वकप क्रिकेटमा भारतद्वारा बंगलादेश पराजित

काठमाडौँ- आईसीसी टि २० विश्वकप क्रिकेटमा भारतले बंगलादेशलाई पराजित गरेको छ । अष्ट्रेलियामा जारी विश्वकपमा भारतले बंगलादेशलाई डकवर्थ लेविस मेथडअनुसार ५ रनले पराजित गरेको हो । एडिलेड ओभलमा भएको खेलमा टस जितेर बंगलादेशले पहिले फिल्डिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८४ रन बनाएको थियो । भारतका लागि […]

टि-२० विश्वकप क्रिकेटमा नेदरल्यान्डसकाे पहिलो जित

काठमाडाैं । आईसीसी टि–२० विश्वकप क्रिकेटमा नेदरल्यान्डसले पहिलो जित निकालेको छ । अष्ट्रेलियाको एडिलेटमा आज बुधबार जिम्बावेलाई ५ विकेटले हराउँदै नेदरल्यान्डसले पहिलो जित निकालेको हो । जिम्बावेले दिएको १ सय १८ रनको लक्ष्य नेदरल्यान्डसले १७ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गरेकाे छ । नेदरल्यान्डसको जितमा म्याक्स ओडोडले ५२ रनको अर्धशतकीय इनिङ खेलेका छन् […]

टि–२० विश्वकप क्रिकेटमा आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेश खेल्दै

काठमाण्डाै – टि–२० विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज नेदरल्यान्ड्स र जिम्बाबे तथा भारत र बंगलादेशबीच खेल हुनेछ । सुपर १२ को समूह ‘२’ का यी खेल अस्ट्रेलियाको एडिलेडमा हुनेछन् । आजको पहिलो खेलमा बिहान पौने १० बजे नेदरल्यान्ड्स र जिम्बाबेबीच खेल हुनेछ । जिम्बाबेको तीन खेलमा तीन अंक छ । तर समान खेलमा नेदरल्यान्ड्सले अंक जोडेको छैन । जिम्बाबे चौथो र नेदरल्यान्ड्स पुछारमा छ । आजको दोस्रो खेल भारत र बंगलादेशबीच दिउँसो पौने २ बजे सुरु हुनेछ । भारत र बंगलादेशको तीन खे...

टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो

आईसीसी टि–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । आज भएको सुपर १२ समूह ‘बी’ को खेलमा बंगलादेशले नेदरल्यान्ड्सलाई ९ रनले हरायो । जितका लागि १ सय ४५ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले २० ओभरमा सबै विकेट गुमाएर १ सय ३५ रन मात्रै बनाउन सक्यो ।  नेदरल्यान्ड्सका कोलिन एकरमनले ६२ रनको अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन् । बंगलादेशका तास्किन अहमदले चार तथा हसन मसुदले दुई विकेट लिए ।  होर्बाटमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले...

टि २० विश्वकप क्रिकेट : नेदरल्यान्ड्सलाई बंगलादेशको १ सय ४५ रनको लक्ष्य

आइसिसी टि २० विश्वकप क्रिकेटमा बंगलादेशले नेदरल्यान्ड्सलाई १ सय ४५ रनको लक्ष्य दिएको छ । होबार्टमा टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमउँदै १ सय ४४ रन बनायो । बंगलादेशका अफिफ हुसैनले सर्वाधिक ३८ रन बनाए । यस्तै, नाज्मुल हसन शान्टोले २५, मोसाद्देक हुसैनले २० , सोम्य सरकारले १४ र नुरुल हसनले १३ रन बनाए । नेदरल्यान्डस्का पाउल भान मार्केन र बास डि लिडेले  २–२ विकेट लिए । यस्तै,  फर्द क्लासेन, टिम प्रिंगल, शरिज अहमद र लोगन भान बीकले एक एक विकेट लिए । आइसिसी टि...

टि–२० विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई हरायो

टि–२० विश्वकप क्रिकेटको सुपर १२ को खेलमा भारतले पाकिस्तानलाई ४ विकेटले पराजित गरेको छ । अष्ट्रेलियामा भएको खेलमा पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य भारतले ६ विकेट गुमाएर अन्तिम बलमा पुरा गर्याे । भारतका लागि विराट कोहली तथा हार्दिक पाण्ड्याले एक सय १३ रनको साझेदारी गरेका थिए । कोहली ५३ बलमा ८२ रनमा अविजित रहे । हार्दिक ले ३७ बलमा ४० रन बनाए । पाकिस्तानका लागि हरिस रउफले ४ ओभरमा ३६ रन दिएर २ विकेट लिए । नशिम शाहले ४ ओभरमा २३ रन दिएर १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाक...

टि-२० विश्वकप छनोट : क्यानडाले नेपाललाई दियो ८१ रनको लक्ष्य

काठमाडौं : ओमानमा जारी टि-२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ। समूह चरणको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको हो। क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिएका छन्। त्यस्तै  कमल सिंह ऐरी र अविनाश बोहोराले समान दुई-दुई विकेट लिएका छन्।क्यानडाका लागि डिलाेन हेलगरले सर्वाधिक २४ रन बनाए। २२ बल खेलेका उनले १ चौका र २

टि–२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै

काठमाडौं । आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप छनोट खेल्न नेपाली क्रिकेट पुरूष टोली आज ओमान जाँदैछ । विश्वकप अन्तर्गतको ग्लोबल छनोट ए मा सहभागिता जनाउन राष्ट्रिय टोली ओमान जान लागेको हो । ग्लोबल छनोट ए मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानडा, युएई, बहराइन, आयरल्याण्ड र जर्मनी छन् । छनोट चरणका खेल यही फेब्रुअरी १८ देखि २४ तारिखसम्म […] The post टि–२० विश्वकप छनोट खेल्न नेपाली क्रिकेट टोली आज ओमान जाँदै appeared first on राजधानी राष्ट्रिय दैनिक.