काठमाडौं : ओमानमा जारी टि-२० विश्वकप क्रिकेट छनोट खेलमा क्यानडाले नेपाललाई ८१ रनको लक्ष्य दिएको छ। समूह चरणको अन्तिम खेलमा टस जितेर ब्याटिङ गरेको क्यानडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन बनाएको हो। क्यानडालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि कप्तान सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिएका छन्। त्यस्तै कमल सिंह ऐरी र अविनाश बोहोराले समान दुई-दुई विकेट लिएका छन्।क्यानडाका लागि डिलाेन हेलगरले सर्वाधिक २४ रन बनाए। २२ बल खेलेका उनले १ चौका र २