इलाम : गतवर्ष नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) १३ महिनाको इन्जुरीपछि खेलमा फर्किइन्। २०७७ फागुन ३ गते राष्ट्रिय महिला लिगअन्तर्गत १० औं चरणको खेलका क्रममा नेपाल पुलिसकी गोलरक्षक उषा नाथसँग ठोकिँदा गोल मेसिन सावित्राले घुँडाको इन्टेरियर क्रुसियल लिगामेन्ट (एसिएल) इन्जुरीका कारण बाँकी खेल गुमाउन पुगिन्। एपिएफले उपाधि जितेको त्यो संस्करण १० खेलमा कीर्तिमानी ४३ गोल गरेकी सावित्रा पुरस्कार वितरण समारोहमा भने वैशाखी टेकेर पुगेकी थिइन्। करिब ५ महिनापछि