उपचारपछि कतारबाट फर्किन् फुटबलर साबित्रा भण्डारी

काठमाडौँ- नेपाली महिला फुटबलर साबित्रा भण्डारी मंगलबार उपचारपछि कतारबाट फर्केकी छन्। उपचारका लागि कतारको दोहा पुगेकी साबित्रा अर्थात् ‘साम्भा’ मंगलबार फर्केकी हुन्। नेपाली महिला फुटबल टोलीमा उनी स्ट्राइकरका रुपमा भूमिका निर्वाह गरिरहेकी छन्। सशस्त्र प्रहरी बल क्लबमा समेत रहेकी साम्भाले ८ वर्षको अन्तर्राष्ट्रिय फुटबलको यात्रामा अहिलेसम्म नेपाली टिमका लागि ३८ गोल गरिसकेकी छन्।

सम्बन्धित सामग्री

पारस खड्का बने दशककै उत्कृष्ट खेलाडी

काठमाडौँ-  राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्कालाई दशककै उत्कृष्ट खेलाडी घोषणा गरिएको छ। त्यस्तै महिलातर्फ भने फुटबलर साबित्रा भण्डारी दशककै उत्कृष्ट खेलाडी घोषणा भएकी छन्। नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गरेको पल्सर स्पोर्टस अवार्डमा खड्कालाई पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषणा गरिएको हो। त्यस्तै, टेबल टेनिसकी एलिना महर्जनले पिपुल च्वाइस अवार्ड जितेकी छन्।