तालिवानको तारोमा परेका महिला फुटबलर अफगानिस्तानबाट कतार लगिए

एजेन्सी, २९ असोज । तालिवानको तारोमा परेका अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरुको उद्धार भएको छ । उनीहरुको परिवारसहित उद्धार भएको हो । फिफाको संयोजनमा कतारले फुटबलरहरुको उद्धार गरेको हो । काबुलबाट दोहाका लागि बिहिबार उडेको विमानमा महिला फुटबलरसहित उनीहरुका परिवारका सदस्य समेत थिए । कुल एक सयजनाको उद्धार गरी कतार लगिएको जनाइएको छ । […]