मधेस प्रदेशका मुख्यमन्त्रीलाई जनमत पार्टीले बुझायो ज्ञापनपत्र

सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई ११ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । पार्टीका उपाध्यक्ष वशन्तकुमार कुशवाहाको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्री राउतलाई ज्ञापनपत्र बुझाएको हो ।आफ्नो पार्टीको नेतृत्वमा देशभरिकै किसानहरु विभिन्न मागसहित एक महिनादेखि आन्दोलित भइरहेको भन्दै ज्ञापनपत्रमा किसान आन्दोलनका एजेण्डा यथाशीघ्र पूरा गर्न प्रदेश सरकारलाई आग्रह गरिएको छ । ज्ञापनपत्रमा किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमा मलखाद र

सम्बन्धित सामग्री

निर्वाचनअघि माग पूरा गर्न जनमत पार्टीको ज्ञापनपत्र

१० फागुन, बुटवल । जनमत पार्टी रुपन्देहीले स्थानीय तहको निर्वाचनअघि आफूहरूले उठाएको किसानहरूको माग सम्बोधन गर्नुपर्ने माग गर्दै जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । यस्तै साना र नयाँ दलहरूलाई दल दर्ता हुँदा पाएको चुनाव चिह्नकै आधारमा स्थानीय चुनावमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने, नागरिकता देखाएर मतदान गर्ने व्यवस्था गर्नुपर्ने माग पनि जनमत पार्टीले गरेको छ […]

जनमत पार्टी आज सात वटै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै

'किसान आन्दाेलन'का नाममा एक महिनादेखि सडकमा उत्रिएकाे जनमत पार्टीले आज बुधबार सातवटै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने भएकाे छ । पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने,  किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा छ ।'पहिले खाद (मल) देऊ, अनि मात्रै भोट खसाऊ' भन्दै जनमतले ज्ञापन पत्