जनमत पार्टी सर्लाहीले लकडाउन उल्घंन गर्ने माथि कडा करबाहीको माग राख्दै प्रजिअलाई बुझाए ज्ञापनपत्र

सर्लाही जनमत पार्टी सर्लाहीको जिल्ला संयोजक संजय कमार सिंहको नेतृत्वमा शनिबार एक विशेष कार्यक्रम गरी स्थानीय प्रशासन ऐन, संक्रमन रोग ऐन र निषेधाज्ञा आदेशको अवहेलना गर्नेको उपरकर्वाहीको माग राख्दै जिल्ला प्रशासन कार्यलय सर्लाहीको प्रजिअ सुरेन्द्र पौडेल लाई ज्ञापनपत्र बुझाएको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण सामुदायिक स्थरमा पुगी सकेकोले जिल्ला प्रशासन कार्यालय सल्लाहीले पनि मिति २०७७,४,२५ गते जिल्ला समन्वय समितिको बैठकबाट स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ (३) तथा संक्रमक रोग ऐन २०२० बमोजिम जिल्ला भरी निषेधाज्ञा आदेश जरी गरी बन्दा(बन्दी (लकडाउन) गरिएको छ ।

सम्बन्धित सामग्री

निर्वाचनअघि माग पूरा गर्न जनमत पार्टीको ज्ञापनपत्र

१० फागुन, बुटवल । जनमत पार्टी रुपन्देहीले स्थानीय तहको निर्वाचनअघि आफूहरूले उठाएको किसानहरूको माग सम्बोधन गर्नुपर्ने माग गर्दै जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । यस्तै साना र नयाँ दलहरूलाई दल दर्ता हुँदा पाएको चुनाव चिह्नकै आधारमा स्थानीय चुनावमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने, नागरिकता देखाएर मतदान गर्ने व्यवस्था गर्नुपर्ने माग पनि जनमत पार्टीले गरेको छ […]

जनमत पार्टी आज सात वटै प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउँदै

'किसान आन्दाेलन'का नाममा एक महिनादेखि सडकमा उत्रिएकाे जनमत पार्टीले आज बुधबार सातवटै प्रदेश सरकारलाई ज्ञापन पत्र बुझाउने भएकाे छ । पक्राउ परेका किसानको रिहाइ हुनुपर्ने, किसानमाथि लगाइएका झुटा मुद्दा खारेज हुनुपर्ने,  किसानलाई मल, बिउको व्यवस्था गरिनुपर्ने, किसानलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, बालीको उचित मूल्य कायम गरिनुपर्ने र स्थानीय तहमा भएका भ्रष्टाचारको छानबिनको माग गर्दै जनमत पार्टी आन्दोलनमा छ ।'पहिले खाद (मल) देऊ, अनि मात्रै भोट खसाऊ' भन्दै जनमतले ज्ञापन पत्