१० फागुन, बुटवल । जनमत पार्टी रुपन्देहीले स्थानीय तहको निर्वाचनअघि आफूहरूले उठाएको किसानहरूको माग सम्बोधन गर्नुपर्ने माग गर्दै जिल्ला निर्वाचन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । यस्तै साना र नयाँ दलहरूलाई दल दर्ता हुँदा पाएको चुनाव चिह्नकै आधारमा स्थानीय चुनावमा प्रतिस्पर्धा गर्ने व्यवस्था गर्नुपर्ने, नागरिकता देखाएर मतदान गर्ने व्यवस्था गर्नुपर्ने माग पनि जनमत पार्टीले गरेको छ […]