काठमाडौं । मन्त्रिपरिषद विस्तारका विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले बुधबार विहान ९ बजेबाट प्रधानमन्त्रीको निवास बालुवाटारमा बैठक भइरहेको रातोपाटीलाई बताए ।बैठकमा गठबन्धनका शीर्ष नेताहरुको सहभागिता रहेका छन् । बैठकमा काँग्रेसबाट प्रधानमन्त्री तथा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला सहभागी छन् ।यस्तै माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, जसपाबाट अध्यक्ष उपेन