महोत्तरी – प्रदेश २ को प्रदेश सभा बैठक विपक्षी दलको विराेधपछि स्थगित भएको छ । प्रदेश सरकारले सम्बन्धित प्रदेश सांसदलाई जानकारी नै नगराइ पालिकामा अन्तिम समयमा ससर्त अनुदान पठाएको भन्दै विपक्षी दलले विरोध गरेपछि बैठक स्थगित भएको हो ।
मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सभामा उपस्थित भएर जवाफ नदिएसम्म बैठक सञ्चालन हुन नदिने विपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका प्रदेश सांसदहरूले माग गरेका थिए ।
सभामुख सरोजकुमार यादवले जवाफ दिन रुलिङ गर्नुभएकाे थियाे । तर विपक्षी दलका सांसदले मुख्...