प्रदेश २ को प्रदेश सभा बैठक पुनः स्थगित भएको छ । प्रदेश सभामा प्रस्तुत बजेटमाथिको छलफलका लागि आज १ बजे बैठक आह्वान गरिएको थियो ।
बैठक स्थगितसम्बन्धी प्रदेश सांसदलाई सन्देश पठाएर बैठक स्थगित भएको जानकारी गराइएको छ । योसहित दोस्रो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो ।
यसअघि असार १५ गते बोलाइएको बैठक एक दिन अगाडि नै स्थगित भएको जानकारी गराउँदै असार २३ गतेका लागि समय निर्धारण गरिएको थियो ।
प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले आज १ बजे बस्ने भनिएको प्रदेश सभा बैठक असार २५ गते दिउँसो १ बजेसम्म...