प्रदेश २ : प्रदेश सभा बैठक साढे ३ बजेसम्मका लागि स्थगित, मुख्यमन्त्रीले विश्वासको मत लिने

प्रदेश २ को प्रदेश सभा सातौं अधिवेशनको पहिलो बैठक साढे ३ बजेसम्मका लागि स्थगित भएको छ ।  दाेस्रो बैठकमा मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने तयारी छ ।  सरकारको नेतृत्वकर्ता दल जनता समाजवादी पार्टी (जसपा) विभाजन भएपछि मुख्यमन्त्री राउतले विश्वासको मत लिन लागेका हुन् ।  सरकारको नेतृत्वकर्ता दल विभाजन भएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।

सम्बन्धित सामग्री

प्रदेश २ : भिडियो लाइभ बन्द गरेर मुख्यमन्त्रीले विश्वासको मत लिँदै !

जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रदेश २ को प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।लोसपाका सबै सांसदले उभिएर बैठक अवरुद्ध गरेका हुन् । तर, सदनमा प्रमुख प्रतिपक्षले विरोध गर्ने बित्तिकै प्रदेश सभा सचिवालयले आफ्नो अधिकारिक युट्युबमार्फत गर्ने भिडियो लाइभ नै बन्द गरिदिएको छ । अपराह्न ४ बजेर ७ मिनेट दोस्रो बैठक सुरु भएको थियो ।...

प्रदेश २: प्रदेशसभा बैठक असोज २० गते, मुख्यमन्त्रीले विश्वासको मत लिने

जनकपुरधाम । प्रदेश २ सरकारको असोज २० गते प्रदेश सभा बैठक बस्ने भएको छ । करिव अढाई महिनादेखि नबसेको बैठक असोज २० गते डाकिएको हो । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को निर्णयले बैठक डाकिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तिरक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।   उनका अनुसार बैठकमा मुख्यमन्त्री...