स्वास्थ्य सेवा विभागले भन्यो- भेरोसिलको मौजदात कम छ, पहिलो डोज कोभिसिल्ड दिनू

६ माघ, काठमाडौं । स्वास्थ्य सेवा विभागले कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाउन आउने नागरिकहरुलाई कोभिसिल्ड/एस्ट्राजेनिका खोप लगाइदिन सबै स्वास्थ्य कार्यालयहरुलाई निर्देशन दिएको छ । भेरोसिल खोपको मौज्दात देशैभर न्यून भएको भन्दै विभागले पहिलो मात्रा लगाउन आउनेहरु सबैलाई कोभिसिल्ड खोप दिन भनेको हो । पहिलो मात्रा लगाउन आउनेहरुलाई कोभिसिल्ड खोप दिने निर्णय बुधबार विभागले गरिसकेको छ […]

सम्बन्धित सामग्री

भेरोसेल खोप लगाएकालाई बुस्टरको रुपमा कोभिसिल्ड खोप

काठमाडौँ । सरकारले भेरोसेल खोप लगाएकाहरूलाई बुस्टरको रुपमा कोभिसिल्ड खोप दिने निर्णय गरेको छ । भेरोसेल खोप अभाव भएपछि सरकारले कोभिसिल्डलाई नै बुस्टरका रूपमा दिन लागेको हो । विश्व स्वास्थ्य संगठन तथा राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस तथा मन्त्रीस्तरीय निर्णयले ६० वर्षभन्दा माथिका व्यक्तिहरुलाई कोभिडविरुद्धको बुस्टर प्रदान गर्दा पहिला (दोस्रो र पहिलो मात्रा) अन्तर्गत कोभिसिल्ड/एस्ट्राजेनेका/मोडर्ना/फाइजर […]

एक हप्ताभित्र झन्डै १० लाख मात्रा कोभिसिल्ड खोप आउँदै

काठमाडौं : एक हप्ताभित्र भारतबाट कोरोनाविरुद्धको झन्डै दश लाख कोभिसिल्ड खोप आउने भएको छ।कोभ्याक्स सुविधामार्फत कोभिसिल्ड खोप आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभ्याक्स सुविधाअन्तर्गत नेपालले ६० लाख कोभिसिल्ड खोप पाउने निश्चित भए पनि पहिलो लटमा थप ९ लाख ७० हजार डोज खोप आउन लागेको बताइएको छ।स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अनुसार एक साताभित्र खोप काठमाडौँ आइपुग्नेछ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले नोभेम्बर २९ तारिखसम्म पहिलो लट खोप आउने ब

भारतबाट छिट्टै कोभिसिल्ड खोप आउने

काठमाडौँ । नेपालले भारतसँग खरिद गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपको थप १० लाख मात्रा केही समयमै प्राप्त हुने भएको छ । भारतमा कोरोना महामारी फैलिएपछि गत अप्रिल महिनादेखि नै अन्य देशमा खोप निर्यात रोकेको थियो । भारत सरकारले खोप निर्यातमा लागेको प्रतिबन्ध अक्टोबरबाट हट्ने जानकारी दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले […]

भोलि र पर्सी काठमाडौंका सबै पालिकामा कोभिसिल्ड खोपको दोस्रो डोज दिइने

काठमाडौं। एस्ट्राजेनेकाको कोभिसिल्ड खोपको पहिलो डोज लगाएकाहरूले भोलि र पर्सी काठमाडौं जिल्लाका सबै पालिकाहरूमा दोस्रो डोज खोप लगाउन पाउने भएका छन्। भोलि र पर्सी काठमाडौंको एक महानगरपालिका र १० वटा नगरपालिका विभिन्न खोप केन्द्र मार्फत दोस्रो डोज खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल भेरोसेल खोप लगाइएका केन्द्रहरूबाट नै ती पालिकामा कोभिसिल्ड खोप लगाइने मन्त्रालयले बताएको छ।

जापानबाट १६ लाख डोज कोभिसिल्ड खोप आउँदै

काठमाडौं।कोभिसिल्ड खोपको पहिलो डोज लगाई दोस्रोको पर्खाइमा रहेकालाई खुसीको खबर छ।लामो प्रतीक्षापछि अब छिट्टै दोस्रो डोज लगाउन पाउने भएका छन्।जापानले अनुदानमा दिन लागेको १६ लाख एष्ट्राजेनेकाको कोभिसिल्ड खोप साउन २३ र २४ गते काठमाडौं आइपुग्ने भएको छ।“कोभिसिल्ड खोप पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा रहनुभएका आमाबुबा,दाजुभाइ,दिदीबहिनीहरुमा सकेसम्म छिट्टै दोस्रो डोज खोप पुर्‍याउन हामी प्रतिबद्ध छौं”,स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले भने।

ललितपुर महानगरपालिकामा बुधबार दोस्रो मात्राको कोभिसिल्ड खोप लगाइने

कार्यालयले पहिलो मात्राको कोभिसिल्ड खोप लगाएकामध्ये दुई हजार २२० जना ७७ वर्ष उमेरमाथिका तथा सम्बन्धित वडाका जनप्रतिनिधि, कर्मचारी एवं स्वास्थ्य स्वयंसेवक २८० जनालाई बिहान १० देखि अपराह्न ४ बजेसम्म खोप लगाइने जनाइएको छ।

काठमाडौंमा विज्ञहरुको चर्चा– ढुक्क भएर कोभिसिल्ड लगाउनुहोस

काठमाडाैँ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले भारतको सेरम इन्स्च्यिुटले उत्पादन गरेको कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाएका छन्। स्वास्थ्य पत्रकार मञ्च नेपालले आयोजना गरेको कोभिड–१९ को महामारी र कोभिसिल्ड खोपको प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा विज्ञहरूले ढुक्क भएर सो खोप लगाउन सुझाव दिएका छन् । उहाँहरुले कोभिसिल्ड अन्य १६ बटा मुलुकहरूमा पनि प्रयोग भइरहेको एवं सुरक्षित र... The post काठमाडौंमा विज्ञहरुको चर्चा– ढुक्क भएर कोभिसिल्ड लगाउनुहोस appeared first on Purbeli News.

कोभिसिल्ड खोपलाई आशंका नगर्न विज्ञको आग्रह

३ फागुन, काठमाडौं । स्वास्थ्य क्षेत्रका विज्ञहरुले कोभिसिल्ड खोप ढुक्क भएर लगाउन सुझाएका छन् । सरकारको लक्ष्य अनुसार मानिसहरुले खोप नलगाइरहेको अवस्थामा खोप विज्ञहरुले ढुक्क भएर खोप लगाउन सुझाव दिएका हुन् । खोप अभियान सुरु भएयता खोप विरुद्ध भ्रामक सन्देश फैलिइएकाले विज्ञहरुले भारतको सेरम इनिस्च्युटले उत्पादन गरेको खोपका विषयमा स्पष्ट पारेका छन् । स्वास्थ्य सेवा […]

'कोभिसिल्ड खोप सुरक्षित र प्रभावकारी'

स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोभिसिल्ड सुरक्षित र प्रभावकारी रहेको कुरा वैज्ञानिक अध्ययनले पुष्टि गरेको बताए। खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिए पनि सुरक्षित र प्रभावकारी देखिएको उनले बताए।