काठमाडौं : एक हप्ताभित्र भारतबाट कोरोनाविरुद्धको झन्डै दश लाख कोभिसिल्ड खोप आउने भएको छ।कोभ्याक्स सुविधामार्फत कोभिसिल्ड खोप आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोभ्याक्स सुविधाअन्तर्गत नेपालले ६० लाख कोभिसिल्ड खोप पाउने निश्चित भए पनि पहिलो लटमा थप ९ लाख ७० हजार डोज खोप आउन लागेको बताइएको छ।स्वास्थ्य सेवा विभाग आपूर्ति शाखाका अनुसार एक साताभित्र खोप काठमाडौँ आइपुग्नेछ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले नोभेम्बर २९ तारिखसम्म पहिलो लट खोप आउने ब