कालोसूचीमा रहेका गुरुङको उम्मेदवारी खारेज

सर्वोच्च अदालतले रूपन्देही–२ का उम्मेदवार राजु गुरुङ कालोसूचीमा रहेको भन्दै उम्मेदवारी कायम नहुनेगरी निर्वाचन आयोगको निर्णय सदर गरेको छ।...

सम्बन्धित सामग्री

कालोसूचीमा रहेको भन्दै अर्थमन्त्री बरालको उम्मेदवारी खारेज गर्न उजुरी

गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट माओवादीका उम्मेदवार बराल विरुद्ध युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७६ साल माघमा कालोसूचीमा राखेको भन्दै उजुरी परेको हो ।बरालले सरकारी संयन्त्रबाट लिएको कर्जा नतिर्दा नतिर्दै उम्मेदवार बनेको भन्दै पोखरा २४ का बोधराज सुवेदीले उजुरी हालेका छन् । बराल संलग्न रहेको पोखरा ९ नयाँ बजारस्थित गण्

कालोसूचीमा रहेका गुरुङको उम्मेदवारी खारेज

काठमाडौं । सर्वोच्च अदालतले रूपन्देही–२ का उम्मेदवार राजु गुरुङ कालोसूचीमा रहेको भन्दै उम्मेदवारी कायम नहुनेगरी निर्वाचन आयोगको निर्णय सदर गरेको छ । सर्वोच्च अदालतको यो आदेशसँगै गुरुङले अब चुनाव लड्न नपाउने भएका छन् । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै उम्मेदवारी नरहनेगरी शुक्रबार आदेश गरेको हो । […]

रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज

४ कात्तिक, काठमाडौं । रुपन्देही–२ का एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको हो । सर्वोच्चले गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा कायम रहेकाले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार […]

रुपन्देही–२ मा नेकपा एसका राजु गुरुङको उम्मेदवारी खारेज

काठमाडौँ–रुपन्देही–२ का एकीकृत समाजवादी ( नेकपा एस)का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । यसअघि निर्वाचन अधिकृतको कार्यालयले गुरुङको नाम कालोसूचीमा रहेको भन्दै उम्मेदवारी खारेज गरिदिएको थियो। निर्वाचन अधिकृतको निर्णयविरुद्ध गुरुङले सर्वोच्चमा रिट दिएका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले गुरुङको उम्मेदवारी खारेज तत्काल खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश […]

रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आज आइतवार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । एकीकृत समाजवादी पार्टीका नेता गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । तर गुरुङले आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभइ आफू शेयर सदस्य रहेको संस्थामात्रै कालोसूचीमा...

रुपन्देही-२ उम्मेदवारी खारेज विवाद : राजु गुरुङको रिटमाथि सुनुवाइ हुँदै

रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज विरुद्धको रिटमा आइतबार सुनुवाइ हुँदै छ । शुक्रबार वादी पक्षबाट हटाइएको रिट आइतबार पेसी सूचीमा चढेको छ । सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका एकीकृत समाजवादी पार्टीका नेता राजु गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृत उदवीर नेपालीले उनको उम्मेदवारी खारेज गरिदिएका थिए । तर गुरुङले भने आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभई आफू सेयर सदस्य रहेको संस्थामात्रै कालोसूचीमा परेकाले आफ्नो उम्मेदवारी

उम्मेदवारी खारेज भएका गुरुङको सुनुवाई आज हुने

नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदैछ। रूपन्देही–२ का आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत गएका गुरुङको रिटमा आज सुनुवाई हुने भएको हो । आफनो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए। बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले रिट निवेदन दायर गरेका हुन्। लगत्तै रिट निवेदनमा गुरु

उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङद्वारा रिट

काठमाण्डाै – रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा आफूले दिएको उम्मेदवारी खारेज भएपछि सत्ता गठबन्धनका साझा उम्मेदवार राजु गुरुङले सर्वोच्च अदालतमा रिट दिनुभएको छ ।निर्वाचन अधिकृतको कार्यालयले उचित प्रमाणविना आफ्नो उम्मेदवारी खारेज गरिदिएको र उम्मेदवारी कायमै राख्न माग गरेर गुरुङले आज बिहीवार सर्वोच्चमा रिट दर्ता गराउनुभएको हो ।निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका नेता गुरुङ बैंकिङ कसुरको कालोसूचीमा रहेको भन्दै मनोनयन खारेज गरिदिएको थियो । तर आफ्नो कसुर मनोनयन नै खारेज हुने प्रकृतिको नरहेको र निर्वाचन अधि...

विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका गुरुङको उम्मेदवारी खारेज

काठमाडौं : रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२  सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले प्रतिनिधिसभामा पाएको एक सिट पनि गुमेको छ।  बैंकिङ कसुरमा कालोसूचीमा परेकालाई उम्मेदवार बनाउँदा समाजवादीको एक सिट घटेको छ भने रुपन्देही(२ मा गठबन्धन उम्मेदवारविहीन बनेको पुगेको छ।यहाँबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवार भएका राजु गुरुङविरुद्ध कालोसूचीमा नाम चढेको भन्दै उजुरी परेको थियो