कालोसूचीमा रहेको भन्दै अर्थमन्त्री बरालको उम्मेदवारी खारेज गर्न उजुरी

गण्डकीका अर्थमन्त्री रामजीप्रसाद बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि सत्तारुढ गठबन्धनबाट माओवादीका उम्मेदवार बराल विरुद्ध युवा तथा साना व्यवसायी स्वरोजगार कोषले २०७६ साल माघमा कालोसूचीमा राखेको भन्दै उजुरी परेको हो ।बरालले सरकारी संयन्त्रबाट लिएको कर्जा नतिर्दा नतिर्दै उम्मेदवार बनेको भन्दै पोखरा २४ का बोधराज सुवेदीले उजुरी हालेका छन् । बराल संलग्न रहेको पोखरा ९ नयाँ बजारस्थित गण्

सम्बन्धित सामग्री

कास्की– ३ का उम्मेदवार बरालको उम्मेदवारी खारेज गर्न माग गर्दै आयोगमा उजुरी

पोखरा। कास्की क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामजी बराल ‘जीवन’को उम्मेदवारी खारेज गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ। सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार बराल कालोसूचीमा रहेको भन्दै उनको उम्मेदवारी खारेज गर्न उजुरी परेको हो।

विष्णु पौडेलको निर्वाचन क्षेत्रमा गठबन्धनका गुरुङको उम्मेदवारी खारेज

काठमाडौं : रुपन्देही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-२  सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज भएको छ। सत्ता गठबन्धनबाट एकीकृत समाजवादीले प्रतिनिधिसभामा पाएको एक सिट पनि गुमेको छ।  बैंकिङ कसुरमा कालोसूचीमा परेकालाई उम्मेदवार बनाउँदा समाजवादीको एक सिट घटेको छ भने रुपन्देही(२ मा गठबन्धन उम्मेदवारविहीन बनेको पुगेको छ।यहाँबाट प्रतिनिधिसभामा सत्ता गठबन्धनबाट उम्मेदवार भएका राजु गुरुङविरुद्ध कालोसूचीमा नाम चढेको भन्दै उजुरी परेको थियो

रुपन्देही–२ मा सत्ता गठबन्धनकाे उम्मेदवारी खारेज, विष्णु पौडेललाई सहज

सत्ता गठबन्धनबाट उम्मेदवार भएका राजु गुरुङविरुद्ध कालोसूचीमा नाम चढेको भन्दै उजुरी परेको थियो