रुपन्देही २ मा राजु गुरुङको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश

काठमाण्डाै – सर्वोच्च अदालतले रुपन्देही क्षेत्र नम्बर २ का सत्ता गठबन्धनका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासले आज आइतवार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई बोलाएको छ । एकीकृत समाजवादी पार्टीका नेता गुरुङ कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । तर गुरुङले आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको नभइ आफू शेयर सदस्य रहेको संस्थामात्रै कालोसूचीमा...