काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
युनाइटेडले १० खेलाडीमा सीमित एस्टन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलको ८९ औं मिनेटमा ओली वाट्कीन्सले दोहोरो पँहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एस्टन १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै दोस्रो स्थानमा रहेको युनाइटेडले ३४ खेलमा ७० अंक जोडेको छ । एस्टन भिल्ला ४८ अंक जोडेर तालिकाको ११ औं स्थानमा छ । प्रिमियर लिग अन्तर्गतकै गएराति भएको खेलमा उल्भ्सले ब्राइटनलाई २–१ ले हराएको छ भने आर्स...