इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडसँग क्रिस्टल प्यालेस पराजित

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत क्रिस्टल प्यालेससँगकाे खेलमा लिड्स युनाइटेड विजयी भएको छ ।  क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गर्दै लिड्स युनाइटेड विजयी भएको हो । जितसँगै लिड्सले एक स्थान सुधार गरेको छ ।  यसअघि ११ औँ स्थानमा रहेको लिड्स युनाइटेड ३२ अंकसहित १० औँ स्थानमा पुग...

सम्बन्धित सामग्री

प्रिमियर लिगमा आज पाँच वटा खेल हुँदै

काठमाडौं, मंसिर ३० । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे बर्नमाउथ र लुटन टाउन, चेल्सी र सेफिल्ड युनाइटेड, म्यानचेस्टर सिटी र क्रिस्टल प्यालेस तथा न्युक्यासल र फुलहमबीच खेल हुनेछ । त्यस्तै, सवा ११ बजे बर्नली र एभर्टन खेल्नेछन् ।

प्रिमियर लिगमा सात खेल हुँदै

लामो समय विश्राममा रहेको इङ्ग्लिस प्रिमियर लिग फुटबल आजबाट सुरु हुँदैछ । कतार विश्वकप २०२२ का लागि स्थगित भएका खेलहरु बक्सिङ डेसँगै सुरु हुने भएको हो । पहिलो दिन सात खेलहरु हुनेछन् ।साँझ सवा ६ बजे ब्रेन्टफोर्ड र टोटनहम भिड्दैछन् । यसैगरी पौने ९ बजे चार खेलहरू हुने तालिका छन् । लेस्टर सिटी र न्युक्यासल युनाइटेड, एभर्टन र उल्भ्स, क्रिस्टल प्यालेस र फुलहम तथा साउथह्याम्पटन र ब्राइटनबीच एकै समयमा प्रतिस्पर्धा हुनेछ । यसैगरी सवा एघारबजे एस्टन भिल्ला र लिभरपुलबीच प्रतिस्पर्धा हुँदा पौने दुई बजे आ

इङ्ग्लिस प्रिमियर लिगमा आज ६ वटा खेल हुँदै

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज ६ वटा खेल हुँदैछ । आजको पहिलो खेलमा बेलुका सवा ५ बजे टाेटनह्याम र उल्भ्स खेल्दैछन् । टाेटनह्यामले २ खेलमा ४ अङ्क जोडेको छ । उल्भ्सको २ खेलमा १ अङ्क छ । अर्को खेलमा बेलुका सवा पाैने ८ बजे लेस्टर सिटी र साउथह्याम्पटन, क्रिस्टल प्यालेस र एस्टन भिल्ला, नटिङह्याम फरेस्ट र एभर्टन तथा फुलह्याम र ब्रेन्टफोर्ड खेल्दैछन् । त्यस्तै आज राति सवा १० बजे आर्सनल र बर्नमाउथबीच खेल हुनेछ । अङ्कतालिकामा २ खेलमा ६ अङ्क जोडेको आर्सनल दोस्रो र समान खेलमा ६ अङ्क नै रहेको म्यानच...

आजदेखि इङ्ग्लिस प्रिमियर लिग सुरु, पहिलाे खेलमा क्रिस्टल प्यालेस र आर्सनल खेल्दै

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) को नयाँ सिजन आज रातिदेखि सुरु हुँदैछ । सन् २०२२/२३ सिजनको उद्घाटन खेलमा क्रिस्टल प्यालेस र आर्सनल खेल्दैछन् । खेल राति सवा १२ बजे सुरु हुनेछ । क्रिस्टल प्यालेस र आर्सनलबीच अहिलेसम्म २६ पटक भेट भएकोमा आर्सनलले १४ र प्यालेसले चार पटक जितेको छ । यस्तै आठ खेल बराबरीमा सकिएको छ । यस्तै पछिल्लो पाँच भेटमा आर्सनल र प्यालेसले एक–एक खेल जित्दा तीन खेल बराबरीमा सकिएको छ । यस पटकको प्रिमियर लिगमा केही नयाँ नियम थपिएका छन् । अब एक खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाइनेछ । य...

इङ्ग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ । गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले क्रिस्टल प्यालेसलाई १–० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडका लागि खेलको ७७ औँ मिनेटमा फ्रेडले गोल गरेको गोल नै जितका लागि निर्णायक बन्यो । जितसँगै युनाइटेडले २४ अङ्क जोडेको छ । युनाइटेड छैटौँ स्थानमा उक्लिएको छ । १५ अङ्क जोडेको क्रिस्टल प्यालेस अङ्क तालिकाको १३ औँ स्थानमा  छ ।

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानेचस्टर सिटीले बराबरी खेले

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानेचस्टर सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । लिभरपुल ७ खेलमा १५ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । सिटी १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, गएराति भएकाे अरु खेलमा  टोटनह्यामले एस्टोन भिल्लालाई २ –१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, ब्रे...