दाङ : कार र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। मंगलबार राति करिब पौने ९ बजे भालुबाङबाट लमही आउँदै गरेको बा १० च २५८१ नम्बरको कार र विपरीत दिशाबाट आउँदै गरेको रा ६ प ६८४९ नम्बरको मोटरसाइकल ठोक्किँदा राप्ती गाउँपालिका-१ भालुबाङका नरेन्द्र जिसीको मृत्यु भएको प्रहरीले जनाएको छ। लमही नगरपालिका-३ बनगाउँ चोकमा भएको दुर्घटनामा परी जिसी गम्भीर घाइते भएका थिए। उनको लमही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले जान