उच्चस्तरीय राष्ट्रिय सुरक्षासम्बन्धी तालीम सञ्चालन

काठमाडौं । रक्षा मन्त्रालय र नेपाली सेनाले राष्ट्रिय सुरक्षा सुनिश्चित र राष्ट्रिय हित प्रवद्र्धन गर्ने हेतुले विभिन्न मन्त्रालय, निकाय र सुरक्षा संगठनका नीति तर्जुमा तहमा रहने माथिल्लो अधिकृतका लागि उच्चस्तरीय राष्ट्रिय सुरक्षासम्बन्धी तालीम सञ्चालन गरेको छ । शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड कलेजमा सोमवारदेखि शुरू भएको आठौं समूहको १५ दिने तालीममा राष्ट्रिय सुरक्षाका बहुपक्षीय आयामलगायत राष्ट्रिय हितका विविध विषयमा ज्ञान दिइनेछ ।   तालीममा राष्ट्रिय शक्तिका तत्त्व, राष्ट्रिय शक्तिका रूपमा कूटनीति, नागरिक–सैनिक सम्बन्ध, रणनीति निर्माण प्रक्रिया, राष्ट्रिय सुरक्षा, सुरक्षा नीति तर्जुमाका विषयमा विद्वान्को अनुभव प्रस्तुति हुनेछ । प्रशिक्षार्थीलाई राष्ट्र, राज्य प्रणाली, शक्ति बाँडफाँटका संयन्त्र, यसका चुनौती र अबको बाटो, सैन्य कूटनीति, नेपालको भू–रणनीति र भू–राजनीतिका विषयमा सुरक्षा र कूटनीति क्षेत्रमा दखल राख्ने विज्ञले प्रशिक्षण दिनेछन् ।     नेपालको अर्थ व्यवस्था र यसका चुनौती, समृद्धिका लागि राजनीतिक स्थायित्व, भू–रणनीतिक सन्दर्भ : सैन्य आवश्यकता, संघीयता, सम्भावना र राष्ट्रिय सुरक्षा, अधिक स्रोत न्यून उपयोग, नेपालको अर्थ सामाजिक विकासका लागि ऊर्जाको सम्भाव्यता र सुरक्षा चुनौती विषयमा पनि गहन छलफल हुनेछ । विज्ञले मुलुकको सामाजिक, राजनीतिक र राष्ट्रिय सुरक्षामा तिनको असर, नेपालको सामाजिक तथा सांस्कृतिक बनावट, हिमाली क्षेत्र र राष्ट्रिय सुरक्षा विषयमा सिकाइ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।      तालीम उद्घाटनका अवसरमा सुरक्षा क्षमता, सीमा सुरक्षा प्रवद्र्धन, क्षेत्रीय सहयोग प्रवद्र्धन, आन्तरिक द्वन्द्वको सम्बोधन र विपद् न्यूनीकरणमा सबै निकायबीच साझा प्रयासको खाँचो आँैल्याइयो । उक्त तालीमको शुभारम्भ गर्दै प्रधानसेनापति प्रभुराम शर्माले शीतयुद्धपश्चात्को परिवर्तित विश्वव्यवस्था तथा तीव्र गतिमा बढिरहेको विश्वव्यापीकरणले राष्ट्रिय सुरक्षाका क्षेत्रलाई व्यापक बनाउँदै लगेको बताए । उनले राष्ट्रिय सुरक्षामा पैदा हुने बाह्य खतराको सामना गर्न सैन्य शक्तिको महत्त्व तथा आवश्यकता यथावत् नै रहेको तथ्यलाई विश्वका धेरै घटनाक्रम र विशेषत: जारी रुस–युक्रेन युद्धले पुष्टि गरेको धारणा व्यक्त गरे । रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले तालीमबाट राष्ट्रिय सुरक्षाका विभिन्न आयाम र पक्षमा ज्ञान हासिल भई मन्त्रालय, विभाग र अरू निकायमा रणनीति तर्जुमा गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे । रासस

सम्बन्धित सामग्री

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षका विषयमा जानकारी दिने उद्देश्यले  रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा हुँदै आएको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिमको नवौं संस्करण सम्पन्न भएको छ। गत ३० फागुनबाट सुरु भएको...

सीपीसीको उच्चस्तरीय प्रतिनिधि मण्डल नेपालमा

काठमाडौं,२२ कार्तिक । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को सिजाङ स्वायक्त क्षेत्रका सचिव वाङ छुङछेङ नेतृत्वको उच्चस्तरीय प्रतिनिधि मण्डकल काठमाडौं आईपुगेको छ । उनलाई त्रिभुवन विमानस्थलमा राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले स्वागत गरेकी छन् ।होटल सोल्टीमा मुकाम रहेको छुङछेङको टोलीले आजैबाट उच्चस्तरीय भेटघाट थाल्दैछ । दिउँसो उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटको कार्यक्रम छ । साँझ उनीहरुको […]

राप्रपा पनि एमालेको लाइनमा, सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि सुनकाण्डको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताएको छ ।

उच्चस्तरीय शिक्षा आयोग गठनको घोषणा

काठमाडौं, जेठ ६ । सरकारले उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्चस्तरीय शिक्षा आयोग गठन गर्ने भएको छ । पाँच वर्षअघि पनि सरकारले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन गरेको थियो र त्यसले बुझाएको प्रतिवेदन हालसम्म सार्वजनिक गरिएको छैन । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममार्फत सरकारले फेरि शिक्षा आयोग गठनको प्रस्ताव […]

शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम

सैनिक कमान्ड तथा स्टाफ कलेज शिवपुरीमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम सुरु भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा आयोजित सातौँ समूहको उक्त तालिमको आइतबार रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गर्नुभयो । राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामबारे ज्ञान र बुझाइ आदानप्रदान गर्ने तालिमको उद्देश्य रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको …

शिवपुरीमा उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम

काठमाडौँ : शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिम आजदेखि सुरु भएको छ । रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा आयोजित सातौँ समूहको उक्त तालिमको रक्षा सचिव किरणराज शर्माले शुभारम्भ गरे । राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामबारे ज्ञान र बुझाइ आदानप्रदान गर्ने तालिमको उद्देश्य रहेको सैनिक जनसम्पर्क तथा सूचना […]

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु

रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन गरिएको छ । आइतबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा रक्षा सचिव किरणराज शर्माले तालिमको शुभारम्भ गरेका हुन् ।  सो समारोहमा बोल्दै शर्माले राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाई आदानप्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।  यस प्रकारको उच्च तहको तालिमले राष्ट्रिय रणनीतिक योजना तथा नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर

उच्चस्तरीय संयन्त्रको बैठक: संसद गतिरोध अन्त्य र राष्ट्रिय सभा निर्वाचनबारे छलफल

संसदमा जारी गतिरोध अन्त्यबारे छलफल गर्न सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि संयन्त्रको बैठक जारी छ । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनेलगायतका विषयमा छलफल गर्न बैठक राखिएको बालुवाटार स्रोतले बतायो ।  राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले संसद गतिरोध फुकाउन बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । संयन्त्रको नेतृत्व दुई महिनामा ...

उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरी स्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा गत  चैत्र १६ गतेदेखि सञ्‍चालन भएको उच्चस्तरीय सुरक्षा तालिम मंगलबार सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा भएको समारोहमा सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष उपरथी हीरालाल जोशीले स्वागत मन्तव्य राखे भने ओलीले नयाँ बर्ष २०७८ सालको शुभकामना सहित समापन मन्तव्य राखे । यसैगरी प्रधान सेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय सुरक्षालाई सबैको साझा दायित्वको रुपमा व्याख्या गर्दै यस तालिमले सुरक्षाका विविध पक्ष...