उच्चस्तरीय संयन्त्रको बैठक: संसद गतिरोध अन्त्य र राष्ट्रिय सभा निर्वाचनबारे छलफल

संसदमा जारी गतिरोध अन्त्यबारे छलफल गर्न सरकार सञ्चालनका लागि सत्तारुढ गठबन्धनले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसिरहेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेदेखि संयन्त्रको बैठक जारी छ । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी बनाउनेलगायतका विषयमा छलफल गर्न बैठक राखिएको बालुवाटार स्रोतले बतायो ।  राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेलले संसद गतिरोध फुकाउन बुधवार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । संयन्त्रको नेतृत्व दुई महिनामा ...

सम्बन्धित सामग्री

उच्चस्तरीय संयन्त्रको बैठक वालुवाटारमा जारी

काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रको बैठक अहिले बसिरहेको छ । नेपाली कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको संयन्त्रको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा छलफल भइरहेको बालुवाटार स्रोतले बतायो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधि सभामा गर्दै […]

उच्चस्तरीय संयन्त्रको बैठक जारी

काठमाडौं, पुस २२ । उच्चस्तरीय संयन्त्रको बैठक बालुवाटारमा जारी रहेको छ । कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूको बैठक बसेको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, आसन्न राष्ट्रिय सभा निर्वाचन लगायत समसामयीक विषयहरुमा छलफल भइरहेको छ । बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव […]