पर्यटन पुनरुत्थानमा सहयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवद्र्धनबारे काठमाडौं उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका छन् ।मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका हुन् । पर्यटन विकासका लागि तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजनासहित अघि बढ्नुपर्ने मन्त्री […]

सम्बन्धित सामग्री

ठोरीको पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाको प्रतिबद्धता

वीरगञ्ज । पर्साको ठोरी क्षेत्रमा पर्यटन प्रवर्द्धनका लागि सरोकारका पक्ष एकजुट भएका छन् । सोमवार होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जले ठोरीमा आयोजना गरेको ‘ठोरीको पर्यटन प्रवर्द्धनमा सरोकारवालाहरूको भूमिका’ विषयक अन्तरक्रियाका सहभागीले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् । मधेश प्रदेशका उद्योग पर्यटन तथा वनमन्त्री सुनिता यादवले भारतीय सिमानासँग जोडिएर रहेको ठोरी क्षेत्रमा पर्यटनको पर्याप्त सम्भावना रहेको भन्दै प्रवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताइन् । ‘मधेशमा उद्योग, व्यापार र कृषिसँगै पर्यटनको पनि पर्याप्त सम्भावना छ,’ उनले भनिन्, ‘यो सम्भावनाको उपयोगका लागि प्रदेश सरकार सधैं तत्पर छ ।’ विगतमा मधेशको पर्यटन प्रवर्द्धनमा सन्तोषजनक काम हुन नसकेको भनाइ उनको थियो । मधेश सरकारले अब सरोकारका पक्षसँग सहकार्य गरेर अघि बढ्ने उनले स्पष्ट पारिन् । ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले प्रदेश सरकारले ठोरीको पर्यटकीय सम्भावना उपयोगमा सहयोग नगरेको गुनासो गरे । मधेश सरकारले विगतमा ठोरीको पर्यटन विकासका लागि १० करोड रुपैयाँ दिने आश्वासन दिएर निकासा भने नदिएको उनले बताए । सो रकम चालू आर्थिक वर्षमा उपलब्ध गराउन मन्त्रीसँग आग्रह पनि गरे । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले ठोरी क्षेत्र पर्यटकीय दृष्टिले निकै सम्भाव्य रहेको बताए । पर्यटन प्रवर्द्धन र यसको अवसर उपयोगमा निजीक्षेत्र सधैं तयार र सचेत रहेको उनले प्रस्ट पारे । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले पर्यटन प्रवर्द्धनका नाममा भ्रष्टाचार बढी भएको आरोप लगाए । अब पनि पर्यटनको बजेटमा भ्रष्टाचार भए त्यसको हिसाब खोज्न प्रदेश राजधानी जनकपुर नै पुग्ने चेतावनी अध्यक्ष पन्तले दिए । सो अवसरमा संघले मन्त्री यादव र वीरगञ्ज उद्योग वाणिज्य संघका नवनियुक्त पदाधिकारीलाई सम्मान समेत गरेको थियो ।

सलमान खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न मन्त्री आलेको आग्रह

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन्। मंगलबार अभिनेता खानसँग भएको भर्चुअल संवादमा उनले सो आग्रह गरेका हुन्।

पर्यटनका लागि नेपाल खुला रहेको सन्देश दिन सलमान खानलाई मन्त्री आलेको आग्रह

९ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन् । मंगलबार अभिनेता खानसँग भएको भर्चुअल संवादमा उनले कोरोना महामारीपछि नेपाल पर्यटनका लागि खुला भएको सन्देश विश्व समुदायलाई दिन आग्रह गरे । मन्त्रीको आलेको यो प्रस्तावलाई सकारात्मक रुपमा लिंदै सलमानले नेपाल […]

नेपालको हवाई क्षेत्र सुरक्षा सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्र युरोपेली सङ्घको उडान सुरक्षा सूचीमा रहेको नेपाललाई उक्त सूचीबाट हटाउन आग्रह गरेका छन् । मन्त्री आलेले नेपालका लागि इयुका राजदूत नोना डिप्रेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले उक्त सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले पनि सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गरे ।मन्त्री आलेले भने, “नेपालको हवाई सुरक्षा क्षेत्र थप सुधार गर्न र उडान सुरक्षामा नेपाल सरकार पूर्ण प्रतिबद्ध छ ।” उनले न

नेपालको हवाई क्षेत्रलाई ‘ईयू’को कालो सूचीबाट हटाउन मन्त्री आलेको आग्रह

काठमाडौं, माघ २४ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको हवाई क्षेत्रलाई युरोपेली संघ (ईयू)को कालोसूचीबाट हटाउन आग्रह गर्नु भएको छ । मन्त्री आलेले नेपालका लागि ईयूका राजदूत नोना डिप्रेसँग सोमबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा नेपालले कालो सूचीबाट हटाउन विभिन्न गृहकार्य गरिरहेकाले उक्त सूचीबाट हटाउनका लागि सहयोग गर्न अनुरोध गर्नुभएको हो । उहाँले […]

कृषिक्षेत्रमा दुई गुणा लगानी बढाउन अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषिक्षेत्रमा दुई गुणा लगानी बढाउन आग्रह गरेका छन् । सोमवार भर्चुअल माध्यमबाट भएको नेपाल राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले कृषिक्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन बैंकलाई आग्रह गरेका हुन् । ‘यो ५७औं वार्षिकोत्सव समारोहसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरूले विशेषगरी कृषि, पर्यटन र औद्यागिक क्षेत्रको लगानीमा अवश्य पनि वृद्धि गर्नुहुनेछ,’ उनले भने, ‘जसबाट राष्ट्रिय पूँजी निर्माण, उत्पादन तथा रोजगारीमा महत्त्वपूर्ण योगदान पुग्नेछ ।’ उनले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको स्मरण गराउँदै त्यसमा लगानी बढाउन आग्रह गरे । आत्मनिर्भर हुन लगानी अत्यावश्यक रहेको भन्दै मन्त्री शर्माले बैंकले वैदेशिक ऋण भित्त्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने पनि बताए । ‘निजीक्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो,’ उनले भने, ‘यो रणनीतिमा रहेर यस बैंकले वित्तीय क्षेत्रमा एउटा मोडेल स्थापित गर्नुपर्छ ।’ उनले बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थाहरूलाई पनि शिक्षा दिन सक्नुपर्ने बताए । पछिल्लो समय प्रविधिको युग रहेको भन्दै मन्त्री शर्माले बैंकले शुरू गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डेटा’ (यूएसएसडी) प्रशंसनीय रहेको बताए । यसबाट इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिन सक्ने उनले बताए । त्यस्तै उनले यो प्रविधिबाट वित्तीय साक्षरता तथा वित्तीय पहुँचमा वृद्धि हुने विश्वास व्यक्त गरे । सो अवसरमा मन्त्री शर्माले यूएसएसडी सेवाको उद्घाटन तथा ‘उपहार’ पुस्तकको लोकार्पण समेत गरेका थिए । राष्ट्रिय वाणिज्य बैंक २०२२ माघ १० गते स्थापना भएको थियो । हाल यसले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आएको छ ।