नेकपा एमालेको जिल्ला अधिवेशन आज

काठमाडौं :  नेकपा एमालेले जिल्ला अधिवेशन आज गर्दै छ। प्रदेश २ का सातसहित केही जिल्ला बाहेक सबै जिल्लाको अधिवेशन आज एकै पटक हुने छ।यसअघि वडा र पालिका पनि एकैपटक अधिवेशन गरेको एमालेले आज भूगोल तर्फको जिल्ला अधिवेशन एकै दिन गर्न लागेको हो। अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन केन्द्रीय कार्यालय थापाथलीबाट विहान ११ बजे गर्ने छन्। ओलीले आजै  काठमाडौं र काभ्रे जिल्ला अधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए। &lsquo

सम्बन्धित सामग्री

एमालेको जिल्ला अधिवेशन: खसेको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकियो

शुक्रबारदेखि नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन सुरु भएको छ। सहमति हुन नसकेपछि जिल्ला नेतृत्वसहित पदाधिकारी र सदस्यका लागि मंगलबार भएको मतदानमा खसेको भन्दा बढी मतपत्र देखिएपछि मत गणना रोकिएको छ।

कैलालीमा नेकपा एमालेको नेतृत्व चयनका लागि निर्वाचन हुने

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कैलाली जिल्लामा नेतृत्व छनोटका लागि निर्वाचन हुने भएको छ । सहमतिबाट नेतृत्व छनोट असम्भव भएपछि कैलालीमा नेतृत्वका लागि चुनाव हुन थालेको हो । केहीबेरमै मतदान सुरु हुने नेकपा एमाले जिल्ला कमिटी कैलालीले जनाएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने १५० सीटका लागि ३२९ जनाको उम्मेदवारी परेको छ ।अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गरेको प्रदेश सचिव धर्मराज पाठकले रातोपाटीलाई ज

एमालेको जिल्ला अधिवेशन: २२ जिल्लाले पायो नेतृत्व

नेकपा (एमाले)का जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्ने क्रम जारी छ ।  अहिलेसम्म २० वटा जिल्लामा जिल्ला कमिटीको नेतृत्व चयन भएको छ भने दुई वटा गैर भौगोलिक जिल्लातर्फ नेतृत्व चयन भएको छ ।  जसमा मजदूर विशेष कमिटीको अध्यक्षमा जितेन्द्र श्रेष्ठ चयन भएका छन् भने पेशागत विशेष कमिटीको अध्यक्षको जिम्मेवारी उमेश ढकालले पाएका छन् ।  त्यसबाहेक प्रदेश १ मा चार जिल्लाको नेतृत्व चयन भएको छ । प्रदेश–२ मा सप्तरी जिल्लाको अध्यक्षमा ताराकान्त चौधरीले अध्यक्षको जिम्मेवारी पाएका छन् । त्यसै गरी, बागमती प्रदेशका चार जिल्ला...

डोल्पामा बुढा र सल्यानमा पुन एमाले जिल्ला अध्यक्ष चयन

शुक्रबारदेखि जारी नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कर्णालीमा दुई जिल्लामा नेतृत्वको टुङ्गो लागेको छ । सल्यान र हिमाली जिल्ला डोल्पामा शनिबार बेलुका सर्वसम्मत नेतृत्व चयन गरिएको हो । एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सल्यान जिल्लाको अध्यक्षमा गोविन्द कुमार पुन र डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन् । बुढा यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य थिए ।गोविन्द कुमार पुनसाथै उनी एमालेको तर्फबाट जिल्ला समन्वय समिति डोल्

एमालेको जिल्ला अधिवेशन सुरू, अध्यक्ष ओलीको सम्बोधन जारी (लाईभ भिडिओ)

काठमाडौं, २३ पुष । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को जिल्ला अधिवेशन देशभर एकसाथ सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रुपमा सम्बोधन गरिरहेका छन् ।

एमालेको जिल्ला अधिवेशन आजदेखि

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक शुक्रबार मुलुकका सबै जिल्ला कमिटीका अधिवेशन गर्दैछ । महाधिवेशनपूर्व तोकिएको एकै दिनमा पालिकास्तरको अधिवेशन तथा प्रतिनिधि छनोट कार्य गरेको एमाले अब जिल्ला र प्रदेश अधिवेशनका लागि जुटेको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट शुक्रबार पार्टीका ७७ वटै भूगोल र विशेष क्षेत्रका जिल्ला अधिवेशनको उद्घाटन थापाथालीस्थित केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअलरुपमा गर्ने तय भएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख

प्रदेश २ मा एमालेको जिल्ला अधिवेशन पुस २३ गते, पर्सामा ७ जना अध्यक्षका आकांक्षी

वीरगंज : प्रदेश २ को आठ जिल्लामा पुस २३ गते जिल्ला अधिवेशन हुने भएको छ। बर्दिवासमा मंगलवार नेकपा एमाले प्रदेश २ कमिटीको बैठकले केन्द्रीय कमिटिले यसअघि निर्धारण गरेको जिल्ला अधिवेशनको समय तालिकालाई सहमति जनाउँदै पुस २३ गते नै प्रदेश २ का आठ जिल्लामा अधिवेश गर्ने निर्णय गरेको नेकपा एमाले प्रदेश २ का…

एमालेको जिल्ला अधिवेशन पुस २३ गते, प्रदेश अधिवेशन माघ ८ मा

काठमाडौंः नेकपा (एमाले) को जिल्ला अधिवेशन पुस २३ गते हुने भएको छ। संघीय संरचनामा पहिलोपटक प्रदेश अधिवेशन पनि हुँदैछ। प्रदेश अधिवेशनका लागि माघ ८ गतेको मिति तय भएको छ।  शनिबार बसेको केन्द्रीय कमिटी बैठकले प्रदेश र जिल्ला अधिवेशनको मिति तय गरेको हो।  एमालेको केन्द्रीय महाधिवेशन भने मंसिर १०–१४ मा चितवनमा…

एमालेको जिल्ला अधिवेशन पुस र प्रदेश अधिवेशन माघमा हुने, केन्द्रबाट मिति तय

नेकपा एमाले केन्द्रीय कमिटी बैठकले जिल्ला र प्रदेश अधिवेशनको मिति तोकेको छ । शनिवारदेखि शुरू भएको बैठकले जिल्ला अधिवेशन पुस २३ गते र प्रदेश अधिवेशन माघ ८ गते गर्ने गरी मिति तोकेको एक केन्द्रीय सदस्यले लोकान्तरलाई जानकारी दिए श्र शनिवारदेखि शुरू भएको बैठक आइतवारसम्म चल्नेछ । बैठकले पार्टीको स्थायी कमिटी र पोलिटब्युरो समेत गठन गर्ने कार्यसूची छ । बैठकले सबै जनवर्गीय संगठनहरूको अधिवेशन फागुन मसान्तसम्म अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ ।