डोल्पामा बुढा र सल्यानमा पुन एमाले जिल्ला अध्यक्ष चयन

शुक्रबारदेखि जारी नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कर्णालीमा दुई जिल्लामा नेतृत्वको टुङ्गो लागेको छ । सल्यान र हिमाली जिल्ला डोल्पामा शनिबार बेलुका सर्वसम्मत नेतृत्व चयन गरिएको हो । एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सल्यान जिल्लाको अध्यक्षमा गोविन्द कुमार पुन र डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन् । बुढा यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य थिए ।गोविन्द कुमार पुनसाथै उनी एमालेको तर्फबाट जिल्ला समन्वय समिति डोल्

सम्बन्धित सामग्री

सल्यानमा ठूला दलका ठूला नेता चुनावमा पछारिए

सल्यान : सल्यानमा क्रियाशील राजनीतिक  दलका ठूला नेताहरू नै स्थानीय तहको निर्वाचनमा पराजित भएका छन्। जिल्लाका ठूला राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले, र नेकपा माओवादी केन्द्र जिल्ला अध्यक्ष तथा जिम्मेवार नेताहरू नै स्थानीय तहको निर्वाचनमा पराजित भएका छन्।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा थोरै मतले ध्रुवराज पुरीसँग विजयी भएका नेपाली कांग्रेसका जिल्ला सभापति केशव बहादुर विष्टले छत्रेश्वरी गाउँपालिका सल्यानमा नेकपा एमालेका जिल्ला सचिव ओज बहादुर बुढाथोकीसँग १ हजार २ सय ६९

सल्यानको बनगाड कुपिण्डेमा माओवादी केन्द्र विजयी

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा नेकपा एमाले पराजित भएको छ । नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका निवर्तमान अध्यक्ष गोविन्द कुमार पुनलाई नेकपा माओवादी केन्द्रका कर्णबहादुर बुढाथोकीले पराजित गरेका हुन् ।सल्यानमा दुई ठूला नेता एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र एमालेका गुलाबजङ शाहको गृह पालिका समेत हो । यहाँ एकीकृत समाजवादी, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन थियो । गठबन्धनका तर्फबाट माओवादीका कर्णबहादुर बुढाथोकीले ७  हजार ४ सय ६६ मत ल्याएर विजयी भएका छन् भने उन

एमाले जिल्ला अधिवेशनः सल्यान र जुम्लामा सर्वसम्मत नेतृत्व चयन

सिमकोट– नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत कर्णाली प्रदेशका दुई जिल्ला सल्यान र जुम्लामा सर्वसम्मत नेतृत्व चयन भएको छ। सल्यानमा गोविन्दकुमार पुन र जुम्लामा शान्तिलाल महतले जिल्ला अध्यक्षमा उम्मेदवारी दिएका थिए। दुबैजना सर्वसम्मत जिल्ला अध्यक्ष चयन भएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीको दबाबमा सर्वसम्मत नेतृत्व चयन भएको बताइएको छ। यसअघि डोल्पामा शेरबहादुर बुढा जिल्ला अध्यक्ष चयन भइसकेका […]