एमालेको जिल्ला अधिवेशन: खसेको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना रोकियो

शुक्रबारदेखि नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन सुरु भएको छ। सहमति हुन नसकेपछि जिल्ला नेतृत्वसहित पदाधिकारी र सदस्यका लागि मंगलबार भएको मतदानमा खसेको भन्दा बढी मतपत्र देखिएपछि मत गणना रोकिएको छ।

सम्बन्धित सामग्री

दैलेख एमालेभित्र विवाद : मतदाता संख्याभन्दा ३१ मत बढी कहाँबाट आयो ?

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत दैलेखमा अधिवेशन विवादित बनेको छ । मंगलबार भएको निर्वाचनमा प्रतिनिधिको सङ्ख्या भन्दा ३१ मत बढी भेटिएपछि दलभित्रका दुई समूहबीच आन्तरिक लडाइँ सुरु भएको हो । दैलेखमा जिल्लाभरबाट प्रतिनिधि (मतदाता) सङ्ख्या ७२१ रहेको छ । मतदान गर्दा भने ७ सय १७ मत खसेको थियो । तर मत पेटिका खोलेर सर्सती गन्दा ७४८ मत भेटियो । त्यसपछि मतगणना नै रद्द गरिएको छ । निर्वाचन मण्डलका अनुसार मंगलवार बिहान साढे ९ बजेबाट सुरु भएको मतदान साँझ झण्डै पाँच बजे सकिएको थियो । मतदान सकिएको