लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशनको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण बुधवार पनि अवरुद्ध भएको छ ।
सूर्य चिह्नबाट निर्वाचित २ सांसद विमला वली खत्री र अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै दोस्रो दिन पनि एमालेले रोस्टम घेराउ गर्दै सदन अवरुद्ध गर्यो ।
सभामुख पूर्णबहादुर घर्ती र प्रदेशसभा सचिवालयलाई पत्र काटेर वली र शाहीलाई सांसद पदमुक्त गर्न एमालेले आग्रह गरेपनि पदमुक्त नगरिएपछि सदन अवरुद्ध गर्नुपरेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।
एमालेका सांसदहरूले रोस्टम घेराउ गर्दै &ls...