सत्तारुढ नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार गरे

बुटवल । सरकारका मन्त्रीहरु र सत्तारुढ नेकपा एमालेका सांसदहरुले लुम्बिनी प्रदेशसभा बैठक बहिस्कार गरेका छन् । सत्ता पक्षले नै बैठक छाडेर हिँडेपछि सभामुख पूर्णबहादुर घर्तीले प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेशसभा बैठक आजदेखि सुरु हुने

बुटवल । लुम्बिनी प्रदेशसभाको १० औं अधिवेशनको ८ औं बैठक  आज (शुक्रबार) देखि सुरु हुने भएको छ । बैठकमा सरकारले ल्याएको नीति कार्यक्रम माथि छलफल सुरु हुने प्रदेशसभा सचिवालयले जनाएको छ । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक वर्ष २०७९/०८० को लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने अघिल्लो सरकारले […]

एमालेले गर्‍यो लुम्बिनी प्रदेशसभा बैठक अवरोध

११ कात्तिक, बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरुद्ध गरेको छ । निर्धारित समयभन्दा आधा घण्टा ढिलागरी सुरु भएको बैठक सुरु हुनासाथ एमाले सांसदहरूले नाराबाजी गरेका छन् । सभामुख पुर्ण बहादुर घर्तीले बैठकको कारबाही सुरु गर्नासाथ एमालेका प्रदेश सभा सदस्य नारायण आचार्यले आफुहरूको माग पूरा नभएसम्म सदन चल्न नदिने भन्दै नाराबाजी सुरु गरेका […]

लुम्बिनी प्रदेश सभा बैठक पुन: स्थगीत

लुम्बिनी प्रदेश सभा बैठक फेरी सरेको छ। आज (बुधबार) दिउँसो १ बजेलाइ बोलाइएको बैठक असोज २० गते बस्ने गरी स्थगित गरेको प्रदेश सभा सचिव दुर्लभ कुमार पुनले बताए।...

भोलिका लागि डाकिएको लुम्बिनी प्रदेशसभा बैठक स्थगित

बुटवल : असोज ७ गतेका लागि बोलाइएको लुम्बिनी प्रदेश सभाको बैठक स्थगित भएको छ। भदौ १ गतेदेखि अवरूद्व सदन प्रदेशसभा सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो। असोज ७ गते दिउँसो १ बजेका लागि तय भएको लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशनको छैठौं बैठक असोज १३ गते बुधवार दिउँसो १ बजेसम्मका लागि…

ओली रुपन्देही आउने भएपछि लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

बुटवल । लुम्बिनी प्रदेश सभा बैठक स्थगित भएको छ ।  बुधबार दिउँसो लागि बोलाइएको बैठक  भदौ ३१ गते बिहीबार दिनको १ बजे बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ ।प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेश सभा बैठक लगातार दुई पटक स्थगित भइसकेको छ । यसअघि १७ पनि प्राविधिक कारण देखाउँदै आज ३० गतेसम्म सारिएको  थियो ।एमाले अध्यक्ष केपी शर्मा ओली रुपन्देहीमा पार्टी कार्यक्रममा आउने भएपछि प्रदेश सभा बैठक स्थगित गरेको हो ।एमाले संसदीय दले अध्यक्ष ओली बुटवल आएपछि सोही कार्यक्रममा व्यस्त

लुम्बिनी प्रदेशसभा बैठक फेरि स्थगित

लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगन भएको छ । प्रदेशसभा सचिवालयले बुधवारका लागि बोलाइएको नवौं अधिवेशनको पाँचौं बैठक सभामुखको निर्देशनमा मंगलवार सूचना टाँसेर स्थगित भएको जानकारी गराएको छ ।  अर्को बैठक भदौ ३१ गते बिहीवार दिनको १ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । यसअघि प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका कारण प्रदेशसभा बैठक लगातार २ पटक स्थगन भइसकेको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने लुम्बिनी प्रदेशसभा बैठक शुरू

लुम्बिनी प्रदेश सभाको बैठक पुनः शुरू भएको छ ।  आधा घण्टाका लागि स्थगित गरिएको बैठक भर्खर शुरू भएको छ । बैठकमा मुख्यमन्त्री कूलप्रसाद केसीले विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनेछ । बैठक शुरू भए पनि प्रतिपक्ष दल एमाले बैठकमा सहभागी छैन । सूर्य चिह्नबाट निर्वाचित सांसदहरू अजय शाही र विमला वली खत्रीलाई पदमुक्त नगरेका कारण प्रतिपक्ष दल एमालेले बैठक बहिष्कार गरेको छ । नेकपा एमालेका सांसद एवं पूर्व भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बैठक बहिष्कार गरिएको जानकारी दिए ।

एमालेले गर्‍यो लुम्बिनी प्रदेशसभा बैठक अवरुद्ध

लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशनको दोस्रो बैठक पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण बुधवार पनि अवरुद्ध भएको छ । सूर्य चिह्नबाट निर्वाचित २ सांसद विमला वली खत्री र अजय शाहीलाई पदमुक्त गर्न माग गर्दै दोस्रो दिन पनि एमालेले रोस्टम घेराउ गर्दै सदन अवरुद्ध गर्‍यो ।  सभामुख पूर्णबहादुर घर्ती र प्रदेशसभा सचिवालयलाई पत्र काटेर वली र शाहीलाई सांसद पदमुक्त गर्न एमालेले आग्रह गरेपनि पदमुक्त नगरिएपछि सदन अवरुद्ध गर्नुपरेको एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले बताए ।  एमालेका सांसदहरूले रोस्टम घेराउ गर्दै &ls...

लुम्बिनी प्रदेश : अल्पमतमा पर्ने भएपछि मतदानको बेला सत्तापक्षद्वारा सदन बहिस्कार

बुटवल । सत्ता पक्षले नै बहिष्कार गरेपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित भएको छ । प्रदेशसभामा सरकारबाट प्रस्तुत बजेटका सम्बन्धमा छलफल सकिएर मुख्यमन्त्री शंकर पोखरेलले छलफलमा उठेका प्रश्नको जवाफसमेत दिइसकेपछि सत्तारुढ दल एमालेका सांसदहरुले बैठक बहिष्कार गरेका हुन् ।बजेटलाई प्रदेशसभामा निर्णयार्थ पेस गर्ने बेलामा सत्तापक्षका सांसदले बैठक बहिस्कार गरेपछि सभामुखले शुक्रबार दिउँसो १ बजे सम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।बजेट पारित नहुने सम्भावना देखेपछि सत्तापक्षले प्रदेशसभा बैठक नै बहिस्

लुम्बिनी प्रदेशसभा बैठक : आगामी बजेट कोभिड रोकथाम र नियन्त्रणमा केन्द्रित रहने

बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षमा कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि पूर्वाधार, औषधि, स्वास्थ्य उपकरण र पर्याप्त जनशक्तिको व्यवस्था गर्ने भएको छ। आज प्रदेशसभा बैठक प्रदेश प्रमुख धर्मनाथ शाहले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीलाई दुर्गम क्षेत्रमा काम गराउनका लागि प्रोत्साहन गरिने जानकारी दिएका छन्। प्रदेशका स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाइने भएको छ।