काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी रु ११० मा चिनी बिक्री भइरहेको जनाएको छ । विभागले आज प्रेस विज्ञप्ति जारी गरेर चिनीको सहज एवं पर्याप्त आपूर्ति भइरहेको हुँदा आम उपभोक्तालाई अधिक सञ्चय नगर्न पनि अनुरोध गरेको छ । चिनीको मूल्य वृद्धि भएको भन्ने उपभोक्ताको गुनासो […]
रसुवा । भदौ १० गते आएको भीषण बाढीबाट प्रभावित नागरिकका लागि राष्ट्रिय जेन्जी नागरिक अभियानले राहत तथा सहयोग अभियानलाई निरन्तरता दिएको छ। बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तथा खाद्यान्न वितरण गर्दै अभियानमा आबद्ध युवाहरूको टोली एक सातादेखि निरन्तर मैदानमा खटिएको हो। अभियानको टोली रसुवाको चिलिमे हाइड्रोपावर क्षेत्रसम्म पुगेर प्रभावित नागरिकको अवस्था अवलोकन गर्नुका साथै आवश्यक […]
काठमाडौँ । बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको क्यान्सरलगायत जटिल रोगका बिरामीलाई सहुलियतपूर्ण उपचार सेवा उपलब्ध गराउने भएको छ । सहुलियतपूर्ण उपचार सेवाका लागि प्रदेश सरकार र काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न अस्पतालबीच ‘मुख्यमन्त्री स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत उपचार सहुलियतसम्बन्धी सम्झौता भएको छ । आज प्रदेश राजधानी हेटौँडामा आयोजित कार्यक्रममा प्रदेश सरकारका स्वास्थ्य […]
बझाङ । बझाङको पानकोट पुलबाट जिउँदो कुकुरलाई सेती नदीमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले घटनाको अनुसन्धान थालेको छ। भिडियोमा एक महिलाले पुलबाट कुकुरलाई नदीमा फालेको देखिन्छ। घटनापछि स्थानीय तथा पशु अधिकारकर्मीले दोषीलाई कारबाही गर्न माग गरेका छन्। जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी टेक जोराका अनुसार भिडियो सार्वजनिक भएपछि प्रहरी टोली घटनास्थल पुगे पनि कुकुर […]