तीन दिनदेखि अवरुद्ध कर्णाली प्रदेशसभाको बैठक आजबाट सुचारु भएको छ । सर्वदलीय बैठकमा भएको सहमति अनुसार प्रदेशसभाको बैठक सुचारु भएको हो ।कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकमा दलहरुबीच विवादित मन्त्री अम्मर थापाको मुद्धाको टुंगो नलागुन्जेलसम्म संसदमा उपस्थित नहुने सहमति भएको थियो । प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा प्रदेश सरकारका भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्मरबहादुर थापाको बर्खास्तीको माग राखी प्रमुख प्रतिपक्षी नेकपा एमालेले बैठक अवरु