बागमती प्रदेशसभाको बैठक भोलि

काठमाडौं । बागमती प्रदेशसभाको बैठक भोलि दिउँसो तीन बजे बस्ने भएको छ । बैठकमा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत लिने तयारी छ । बैठकमा भ्याएसम्म भोलि नै मुख्यमन्त्रीले विश्वासको मत लिने तर नभ्याए पर्सी विश्वासको मत लिने सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो। विश्वासको मत लिएर मात्र मन्त्रिपरिषद् विस्तार गर्ने र भागबण्डा मिलाउन केही […]

सम्बन्धित सामग्री

प्रदेश प्रमुख शर्माद्वारा बागमती प्रदेशसभाको बैठक आह्वान

मकवानपुर, ११ फागुन । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको १३औँ अधिवेशन आह्वान गरेका छन् । नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बागमती मन्त्रिपरिषद्बाट सिफारिस भई आएअनुसार प्रदेशसभाको अधिवेशन बैठक फागुन १५ गते अपराह्न ३ बजे बस्ने गरी आज आह्वान गरेको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले जानकारी दिए । रासस

बागमती प्रदेशसभाको बैठक चैत १० गते सर्‍याे

काठमाडाैं । बागमती प्रदेशसभाको बैठक चैत १० गतेका लागि सरेको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक नेपाली कांग्रेसका सांसद अनुपस्थित हुने भएपछि १० गते बस्ने गरी स्थगित गरिएको हो । प्रदेशसभाको बैठक चैत १० गते दिउँसो १ बजे बस्ने बागमती प्रदेश मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकालले जानकारी दिनुभयो । आज मुख्यमन्त्री शालिकराम […]

बागमती प्रदेश सभाको बैठक असार २९ गते बस्ने

काठमाडौं, असार २४ । बागमती प्रदेश सभाको दशौँ अधिवेशनको बैठक यही असार २९ गते बस्ने भएको छ । बैठक दिउँसो १ बजे बस्ने तय भएको छ । बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत गरिएका अध्यादेश र विभिन्न समितिमा भिन्दाभिन्दै विधेयक दफावार छलफल भई प्रतिवेदनसहित उक्त विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको रहेको छ । बागमती प्रदेशसभाको बैठक यसअघि […]

बागमती प्रदेशसभाको बैठक आज बस्दै

बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । गत चैत ८ गते बसेको प्रदेशसभा बैठक पछि बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु नवौं अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको थियो ।मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाको चालु नवौं अधिवेशन चैत ९ गते राति १२ बजेदेखि अन्त्य गरेका थिए । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन पर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गरेको थियो । करिव ६४ दिनपछि बागमती प्रदेश

तीन महिनापछि बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक आज (आइतबार) बस्दैछ। यसअघि पटकपटक स्थगन भएको बैठक झण्डै तीन महिनापछि आज बस्न लागेको हो। बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी...

बागमती प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित

हेटौंडा । बागमती प्रदेश सभाको आजको बैठक पनि नेकपा (एमाले) ले अवरुद्ध गरेको छ । प्रदेश सभाको बैठकमा सभामुख सानुकुमार श्रेष्ठले बैठकको कार्यसूची पेस गर्न नपाउँदै एमालेले सभा अवरुद्ध गरेको हो । एमालेका सभासद केशवराज पाण्डेले हिजोको बैठकमा आफ्नो दलले राखेको विषयमा मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान राख्नुभएको थियो । प्रदेशसभाको बैठक अर्को […]

बागमती प्रदेशसभाको बैठक आज बस्दै

हेटौंडा : बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । गत कात्तिक २२ गते प्रदेशको मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत लिएर स्थगित भएको प्रदेशसभाको नवौं अधिवेशनको बैठक करिव डेढ महिनापछि आज बुधबार बस्न लागेको हो। प्रदेशसभाको नवौं अधिवेशनको छैठौं बैठक आज दिउँसो १ बजे बस्ने छ। बुधबार बस्ने प्रदेशसभा बैठकमा विषयगत समितिहरुमा रहेको प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन समितिहरुले बैठकमा पेस

बागमती प्रदेशसभाको बैठक भोलि बस्दै

लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक भोली भदौ १ गते मंगलबार बस्दै छ । बैठक भोली मंगलबार दिउसो २ बजे बस्नेछ । भोलि बस्ने बैठक लगातार २ दिनसम्म चल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र बजेट पारित गरेसँगै बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले अनिश्चित समयका लागि स्थगित गरेको प्रदेशसभा बैठक करिब एक महिनापछि भोलिका लागि आह्वान गरिएको हो ।यसअघि गत असार २८ गते दुई विधेयक पारित गरिएपछि प्रदेशसभाका सभामुख श्रेष्ठले अनि

बागमती प्रदेशसभाको बैठक आह्वान

लामो समयदेखि स्थगित रहेको बागमती प्रदेश सभा बैठक आगामी भदौ १ गते बस्ने भएको छ । भदौ १ गते मंगलबार दिउँसो २ बजेका लागि प्रदेश प्रमुखले प्रदेश सभाको बैठक आह्वान गरेको प्रदेशसभा सचिवालयको सचिव कृष्णहरि खड्काले जानकारी दिए ।संसद सचिवालयमा दर्ता भएको केही प्रदेश ऐन संशोधन गर्ने विधेयक र प्रदेशसभा नियमावली संशोधनका बारेमा छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको सचिव खड्काले बताए ।उक्त बैठकमा उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथ

बागमती प्रदेशसभाको बैठक आह्वान

हेटौंडा। बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नेपालको संविधानको धारा १८३ को उपधारा १ अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा बागमती प्रदेशसभाको आठौं अधिवेशन यही जेठ १६ गते दिउँसो ३ बजेका लागि आह्वान गरेका छन्। मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति,कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्न प्रदेश प्रमुख प्रसाईंले बैठक आह्वान गरेको बागमती प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए।