तीनकुनेको खाली जग्गा : अनेक योजना, तर अलपत्र

काठमाडौं : कोटेश्वरस्थित तीनकुनेमा रहेको खाली जग्गा बेलाबखत चर्चामा आउँछ। त्यहाँ कहिले ‘आधुनिक बगैंचा’ बनाउने, कहिले ‘तीनकुने शान्ति मण्डल’ त कहिले बुद्ध पार्क निर्माण बनाउने योजना अघि सार्ने गरिएको छ।सोही खाली ठाउँलाई विदेशी पाहुना हुन्‌ या सर्वसाधारण - त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै हवाइ मार्गबाट आवतजावत गर्ने सबैले आकाशबाट समेत देख्छन्‌।तीनकुने चोकमा उपयोगी पूर्वाधार बनाउने सरकारको योजना भने योजनामै सीमित भएको छ। काठमाडौं महानगरपालिकाले आर्थिक व

सम्बन्धित सामग्री

तीनकुने ‘फ्लाई ओभर’ निर्माणबारे जाइकाको बारम्बार ताकेता, मन्त्रालय माैन

काठमाडौं : त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै हवाई मार्गबाट आवतजावत गर्ने  विदेशी पाहुना हुन् या नेपाली सर्वसाधारण सबैले आकाशबाट देख्ने दृश्य हो–तीनकुनेको जग्गा। उक्त खाली जग्गामा अनेक संरचना बनाउन केन्द्र सरकार र स्थानीय सरकारको समेत आँखा लाग्ने गरेको छ।अनेक योजना बनिन्छ तर कार्यान्वयनमा ल्याउन नसक्दा तीनकुनेको खाली जग्गा : अनेक योजना, तर अलपत्र छ। त्यसो त सरकारकै टाउको दुखाइ बनेको छ यो जग्गा। सबैकाे आँखा त्यहाँ पर्ने तर कुरूप दृश्य देखिने हुँदा सरक

औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्ने

जग्गा विवादका कारण विगत छ वर्षदेखि अलपत्र पर्दै आएको बुटवल–१७, मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्ने भएको छ । लामो समय बसोबास गरेका र लालपुर्जा भएका स्थानीयवासीले मोतीपुर क्षेत्रको जग्गा खाली नगरेपछि विगत छ वर्षदेखि मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अन्योलमा परेको थियो ।

स्मार्ट औद्योगिक क्षेत्र बनाउन कार्यदल

लामो समय बसोबास गरेका र लालपुर्जा भएका स्थानीयले जग्गा खाली नगरेपछि ६ वर्षदेखि अलपत्र बुटवल–१७ स्थित मोतीपुर औद्योगिक क्षेत्र निर्माणका लागि पहल सुरु भएको छ । पाँच वर्षभित्र निर्माण पूरा गर्ने गरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको हो ।

वाग्मतीको अतिक्रमित जग्गा खाली गर्ने अभियान अलपत्र

समितिले निकालेको तथ्यांकअनुसार तिलगंगादेखि थापाथलीसम्म वागमती नदीको दायाँबायाँ किनारामा १ हजार ६ सय ६४ दशमलव १७ वर्गमिटर जग्गा अतिक्रमण गरिएको छ। यसमा किनार क्षेत्र कब्जा गरेर अव्यवस्थित बसोबास गर्ने तथा सुकुम्बासीले हडपेको जग्गा भने जोडिएको छैन।

वाग्मतीको अतिक्रमित जग्गा खाली गर्ने अभियान अलपत्र

समितिले निकालेको तथ्यांकअनुसार तिलगंगादेखि थापाथलीसम्म वागमती नदीको दायाँबायाँ किनारामा १ हजार ६ सय ६४ दशमलव १७ वर्गमिटर जग्गा अतिक्रमण गरिएको छ। यसमा किनार क्षेत्र कब्जा गरेर अव्यवस्थित बसोबास गर्ने तथा सुकुम्बासीले हडपेको जग्गा भने जोडिएको छैन।...

निर्माण शुरु भएको करीब ५ वर्षपछि गोदावरी सडकमा कालोपत्र शुरु

मंसिर १७, काठमाडौं । निर्माण शुरु भएको झण्डै पाँच वर्षपछि गोदावरी सडक निर्माण अन्तिम चरणमा पुगेको छ । सडकमा आवश्यक संरचना निर्माण सकिएकाले बिहीवारदेखि कालोपत्र शुरु गरिएको छ ।  सो सडकमा दुई प्याकेजमध्ये एउटामा पहिले नै कालोपत्र सम्पन्न भइसकेको छ । बाँकी एउटामा बिहीवारदेखि कालोपत्र शुरू गरिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ । झण्डै चार किमी सडकमा अहिले कालोपत्र अघि बढाइएको आयोजनाका इञ्जिनीयर वसन्तकुमार गाइँले बताए । उनका अनुसार हरिसिद्धिको एक ठाउँबाहेक अन्यत्र कालोपत्र सकिने भएको छ ।  हरिसिद्धिको घुम्तीमा भने तत्काल कालोपत्र हुनसक्ने अवस्था नरहेको इञ्जिनीयर गाइँले बताए । सडकको दुवैतर्फ नजिकै घर रहेकाले साँघुरो सडकमा अर्को चरणमा काम गरिने उनले जानकारी दिए । सो खण्डमा कालोपत्र गर्दा नटिक्ने हुँदा कङ्क्रिट ढलान गर्ने गरी योजना बनाइएको छ । उनले भने, ‘माथिल्लो तहबाट टुंगो लागेपछि ठेक्का लगाएर ढलान गर्नुपर्छ ।’ ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक संघीय सडकका रुपमा छ । सो सडकमा लामो समयसम्म निर्माणले गति नलिएको भए पनि पछिल्ला दिनमा केही गति लिन थालेको आयोजनाका प्रमुख दीपेन्द्र पाण्डेले बताए । उनका अनुसार आयोजनाले स्थानीयवासीले लामो समयदेखि दुःख पाइरहेकाले जनशक्ति र उपकरण दुवै थप्न कम्पनीलाई भनिएको थियो । पाँच वर्ष पहिले विस्तार शुरु गरिएको सो सडकमा शुरुका वर्षमा चौडाइ विवादका कारण निर्माण अघि बढ्न सकेको थिएन । स्थानीयवासीले घर भत्काउन विरोध गरेपछि निर्माण ठप्प थियो । पहिले निर्माण व्यवसायीले काम गर्न चाहे पनि आयोजनाले नै निर्माणस्थल खाली गर्न सकेको थिएन ।  तीन वर्ष पहिले सर्वोच्च अदालतले उपलब्ध चौडाइमा नै निर्माण गर्न फैसला गरेको थियो । सोही आधारमा पहिले २० मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भए पनि विभागले उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो । त्यसपछि पनि १६ मिटरभित्रै घर भएका स्थानीयवासीले सडकका लागि जग्गा दिन नमानेपछि सडक अलपत्र बनेको थियो । सो सडकमा गोदावरीको साढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम गर्न सकिने अवस्था छ ।  बाँकी सडकमा अहिले १६ मिटरभन्दा कम चौडाइ रहेको आयोजनाले जानकारी दिएको छ । चौडाइ कम भएका स्थानमा पैदल यात्रुमार्ग, ह्युमपाइपलगायतका संरचना बनाउन नसकिने विभागले बताउँदै आएको छ ।  टौखेलदेखि गोदावरीसम्मको सडक भने गत वर्ष नै निर्माण सम्पन्न भइसकेको छ । लामो समयदेखि सो सडक अलपत्र हुँदा गोदावरीसँगै बडिखेल, लेले, बिसङ्खुनारायण, गोदामचौरलगायतका स्थानका नागरिक हैरान छन् ।  वनस्पति उद्यान र प्रकृतिक सुन्दरताका कारण गोदावरी पुग्ने पर्यटकलाई समेत असर पुगेको छ । सरकारले निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूला कार्यक्रमको आयोजना गरिने भए पनि आवतजावतमा समस्या छ ।  विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविकको ठैव र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ । ठेक्का अवधि सकिए पनि कोभिडका कारण अवरुद्ध अरु आयोजना जस्तै छ महीना थपिएको छ । आयोजनाले भने अवधि बाँकी भए पनि सो सडक त्यस पहिले नै कालोपत्र गर्न निर्माण कम्पनीलाई भनेको छ ।  काठमाडौं उपत्यकामा पाँच/छ वर्ष पहिले विस्तार शुरू भएका सडकमध्ये अधिकांश अझै सम्पन्न भइसकेका छैनन् । आयोजनाले चैतभन्दा पहिले नै सम्पन्न गर्ने गरी योजना बनाएको छ । रासस

१२ वर्षदेखि अलपत्र गौरीटार रंगशाला

हेटौंडा : गत जेठ २८ गते हेटौंडास्थित गौरीटार रंगशालाको शिलान्यास गरेको १२ वर्ष  पुग्यो। गत शनिबार माधव नेपाल हेटौंडा आउँदा रंगशाला शिलान्यास भएको १२ वर्ष साढे ३ महिना भएको थियो। यो १२ वर्षमा रंगशालाको शिलान्यास गरेका तत्कालीन प्रधानमन्त्री नेपालको भूमिकामा धेरै परिवर्तन आयो तर उनले शिलान्यास गरेको रंगशालाले हालसम्म परिवर्तन पाएको छैन।  २०६६ साल जेठ २८ गते नेता नेपालले प्रधानमन्त्री हुँदा हेटौंडा आएर रंगशालाको शिलान्यास गरेका थिए। शिलान्यास भएदेखि हालसम्म रंगशालाको आसपासमा भएका खाली जग्

तीनकुनेमा बुद्धपार्क निर्माणलाई पुनः गति दिँदै काठमाडौँ महानगर

तीनकुनेको वडा नं ३२ मा अवस्थित खाली जग्गामा अत्याधुनिक बुद्धपार्क निर्माण गर्ने भएको छ । आर्थिक वर्ष २०७७/०७८ को नीति तथाकार्यक्रमै बुद्धपार्क निर्माण गर्ने योजना समावेश गरेको काठमाडौँ महानगरपालिकाले पार्क निर्माणको कामलाई द्रूत गतिमा अघि बढाउने जनाइएको छ । ‘तत्कालिन नेपाल सरकारले २०३२ साल जेठ १४ मा जग्गाप्राप्ति ऐन अनुसार तीनकुनेको जग्गा अधिग्रहण गरेदेखि नै तीनकुनेमा पार्क बनाउने योजना बनेको हो । तर, अहिलेसम्म पूरा हुन सकेको छैन,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भन्नुभयो, ‘तीनकुनेस्थित खाली जग्गाको मुआब्जा विवाद सुल्झाउन नसक्दा यो योजना अलपत्र परेको छ । यसपटक सबै विवादको अन्त्य गरेर योजना अघि बढाउने तयारीका साथ हामी अघि बढेका छौँ ।’