१२ वर्षदेखि अलपत्र गौरीटार रंगशाला

हेटौंडा : गत जेठ २८ गते हेटौंडास्थित गौरीटार रंगशालाको शिलान्यास गरेको १२ वर्ष  पुग्यो। गत शनिबार माधव नेपाल हेटौंडा आउँदा रंगशाला शिलान्यास भएको १२ वर्ष साढे ३ महिना भएको थियो। यो १२ वर्षमा रंगशालाको शिलान्यास गरेका तत्कालीन प्रधानमन्त्री नेपालको भूमिकामा धेरै परिवर्तन आयो तर उनले शिलान्यास गरेको रंगशालाले हालसम्म परिवर्तन पाएको छैन।  २०६६ साल जेठ २८ गते नेता नेपालले प्रधानमन्त्री हुँदा हेटौंडा आएर रंगशालाको शिलान्यास गरेका थिए। शिलान्यास भएदेखि हालसम्म रंगशालाको आसपासमा भएका खाली जग्