निर्माण शुरु भएको करीब ५ वर्षपछि गोदावरी सडकमा कालोपत्र शुरु

मंसिर १७, काठमाडौं । निर्माण शुरु भएको झण्डै पाँच वर्षपछि गोदावरी सडक निर्माण अन्तिम चरणमा पुगेको छ । सडकमा आवश्यक संरचना निर्माण सकिएकाले बिहीवारदेखि कालोपत्र शुरु गरिएको छ ।  सो सडकमा दुई प्याकेजमध्ये एउटामा पहिले नै कालोपत्र सम्पन्न भइसकेको छ । बाँकी एउटामा बिहीवारदेखि कालोपत्र शुरू गरिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जानकारी दिएको छ । झण्डै चार किमी सडकमा अहिले कालोपत्र अघि बढाइएको आयोजनाका इञ्जिनीयर वसन्तकुमार गाइँले बताए । उनका अनुसार हरिसिद्धिको एक ठाउँबाहेक अन्यत्र कालोपत्र सकिने भएको छ ।  हरिसिद्धिको घुम्तीमा भने तत्काल कालोपत्र हुनसक्ने अवस्था नरहेको इञ्जिनीयर गाइँले बताए । सडकको दुवैतर्फ नजिकै घर रहेकाले साँघुरो सडकमा अर्को चरणमा काम गरिने उनले जानकारी दिए । सो खण्डमा कालोपत्र गर्दा नटिक्ने हुँदा कङ्क्रिट ढलान गर्ने गरी योजना बनाइएको छ । उनले भने, ‘माथिल्लो तहबाट टुंगो लागेपछि ठेक्का लगाएर ढलान गर्नुपर्छ ।’ ललितपुर महानगरपालिका र गोदावरी नगरपालिकामा पर्ने सो सडक संघीय सडकका रुपमा छ । सो सडकमा लामो समयसम्म निर्माणले गति नलिएको भए पनि पछिल्ला दिनमा केही गति लिन थालेको आयोजनाका प्रमुख दीपेन्द्र पाण्डेले बताए । उनका अनुसार आयोजनाले स्थानीयवासीले लामो समयदेखि दुःख पाइरहेकाले जनशक्ति र उपकरण दुवै थप्न कम्पनीलाई भनिएको थियो । पाँच वर्ष पहिले विस्तार शुरु गरिएको सो सडकमा शुरुका वर्षमा चौडाइ विवादका कारण निर्माण अघि बढ्न सकेको थिएन । स्थानीयवासीले घर भत्काउन विरोध गरेपछि निर्माण ठप्प थियो । पहिले निर्माण व्यवसायीले काम गर्न चाहे पनि आयोजनाले नै निर्माणस्थल खाली गर्न सकेको थिएन ।  तीन वर्ष पहिले सर्वोच्च अदालतले उपलब्ध चौडाइमा नै निर्माण गर्न फैसला गरेको थियो । सोही आधारमा पहिले २० मिटर चौडाइमा कालोपत्र गर्ने गरी ठेक्का सम्झौता भए पनि विभागले उपत्यकाका विस्तारका क्रममा रहेका अरु सडकजस्तै यो सडकमा उपलब्ध चौडाइमा कालोपत्र गर्ने निर्णय गरेको थियो । सो सडक २० मिटर चौडा गर्न नसकिएपछि १६ मिटर चौडाइ कायम गर्ने गरी जनप्रतिनिधि, स्थानीयवासी र आयोजनाबीच सहमति भएको थियो । त्यसपछि पनि १६ मिटरभित्रै घर भएका स्थानीयवासीले सडकका लागि जग्गा दिन नमानेपछि सडक अलपत्र बनेको थियो । सो सडकमा गोदावरीको साढे तीन किमी सडक मात्रै १६ मिटर चौडाइ कायम गर्न सकिने अवस्था छ ।  बाँकी सडकमा अहिले १६ मिटरभन्दा कम चौडाइ रहेको आयोजनाले जानकारी दिएको छ । चौडाइ कम भएका स्थानमा पैदल यात्रुमार्ग, ह्युमपाइपलगायतका संरचना बनाउन नसकिने विभागले बताउँदै आएको छ ।  टौखेलदेखि गोदावरीसम्मको सडक भने गत वर्ष नै निर्माण सम्पन्न भइसकेको छ । लामो समयदेखि सो सडक अलपत्र हुँदा गोदावरीसँगै बडिखेल, लेले, बिसङ्खुनारायण, गोदामचौरलगायतका स्थानका नागरिक हैरान छन् ।  वनस्पति उद्यान र प्रकृतिक सुन्दरताका कारण गोदावरी पुग्ने पर्यटकलाई समेत असर पुगेको छ । सरकारले निर्माण गरेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा ठूला कार्यक्रमको आयोजना गरिने भए पनि आवतजावतमा समस्या छ ।  विस्तारका क्रममा रहेको सडकमा कर्मनाशा खोलाबाट हरिसिद्धिसम्म ललितपुर महानगरपालिका पर्छ भने साविकको ठैव र गोदावरी गाविस गोदावरी नगरपालिकामा पर्छ । सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको थियो । सडक निर्माणको ठेक्का आशिष सिएम जेभी र लामा समानान्तर जेभी गरेर दुई कम्पनीलाई दिइएको छ । ठेक्का अवधि सकिए पनि कोभिडका कारण अवरुद्ध अरु आयोजना जस्तै छ महीना थपिएको छ । आयोजनाले भने अवधि बाँकी भए पनि सो सडक त्यस पहिले नै कालोपत्र गर्न निर्माण कम्पनीलाई भनेको छ ।  काठमाडौं उपत्यकामा पाँच/छ वर्ष पहिले विस्तार शुरू भएका सडकमध्ये अधिकांश अझै सम्पन्न भइसकेका छैनन् । आयोजनाले चैतभन्दा पहिले नै सम्पन्न गर्ने गरी योजना बनाएको छ । रासस

सम्बन्धित सामग्री

आजदेखि सोह्र श्राद्ध शुरु

आजदेखि सोह्र श्राद्ध अर्थात पितृ पक्ष शुरु भएको छ।सोह्र श्राद्ध शुरु भएसँगै पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा श्राद्ध एवं पितृको नाममा तर्पण गर्नेहरूको भीड छ।...

रौतहट क्षेत्र-४ को मतगणना शुरु

रौतहट : रौतहट क्षेत्र ४ को मतगणना शुरु भएको छ। प्रत्यक्षतर्फको संघीय सांसदका उम्मेदवारको मत गन्न शुरु भएको हो।दिउँसो साढे १२ बजे मतगणना थाल्ने भनिएकोमा १ बजेर ४५ मिनेटमा मत गन्न शुरु भएको हो।चन्द्रपुर-३ गैडाटारको ५ वटा मतपेटिका खोलिएको छ। बाँकी १, २ र ३ को पनि मतगणना शुरु गर्ने तयारी भइरहेको छ।

वीरगन्ज महानगरपालिकाको मत गणना शुरु

वीरगन्ज : वीरगन्ज महानगरपालिकाको मतगणना शुरु भएको छ। ११ बजेबाट नै मतगणना शुरु गर्ने सर्व दलीय सहमति भए पनि दलका प्रतिनिधिहरू ढिलो उपस्थिति भएकाले ढिलो गरी गणना शुरु भएको हो।२ बजेबाट बल्ल शुरु गरिएको गणनामा वीरगन्ज वडा नम्बर १ र ३२ बाट शुरु गरिएको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए।

वीरगञ्जमा केही बेरमा मतगणना शुरु हुने

वीरगञ्ज –  मधेस प्रदेशको एकमात्र महानगर वीरगञ्ज महानगरपालिकामा केही बेरमा मतगणना शुरु हुने भएको छ । बिहान ११ बजेदेखि मतगणना कार्य शुरु गरिने भनिए पनि अहिले खाना खानको लागि केही बेर ढिलो गरि मतगणना शुरु हुने प्रमुख निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिए । पौने १२ बजेदेखि वीरगञ्जको नृसिङ माबिमा मतगणना शुरु हुने उनले जानकारी […]

रुकुमपूर्वको पेल्मामा मतदान शुरु

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–२ पेल्मामा मतदान शुरु भएको छ। माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच विवाद भएपछि बिहान मतदान हुन सकेको थिएन। हाल दुवै दलसँग छलफल गरी सहमतिमा ल्याएपछि मतदान कार्य शुरु भएको हो।पुथाउत्तरगंगा–२ को आधारभूत विद्यालय पेल्मा मतदान केन्द्रमा मध्यान्ह १२ बजेर ५ मिनेट देखि मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पूर्वले जनाएको छ। बिहान ७ बजेबाटै मतदान शुरु हुनुपर्ने भएपनि दलीय सहमति नहुँदा मतदान शुरु हुन ढिलाई भएको जिल्ला निर्वाचन अधिक

दुई कोरियाबीच हटलाइन पुनः शुरु

१८ असोज, काठमाडौं ।  उत्तर र दक्षिण कोरियाबीच सूचना आदानप्रदानको लागि हटलाइन पुनः शुरु भएको छ । पछिल्लो केही महिनायता बन्द भएको हटलाइन पुनः शुरु भएको हो । यसअघि उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले आफूले दक्षिण कोरियासँगको हटलाइन पुनः शुरु गर्न चाहेको बताएका थिए । यद्यपि हटलाइन शुरु गर्ने विषय दक्षिण कोरियाको व्यवहारमा […]

मन्त्रिपरिषद्‌को बैठक शुरु

काठमाडौँ– मन्त्रिपरिषद्‌को बैठक शुरु भएको छ । मंगलबार अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरवारमा बैठक शुरु भएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डाबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

‘नेपाल आइडल’ फेरि शुरु हुने

चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि शुरु हुने भएको छ । शोका निर्देशक सुरेश पौडेलले शोको नयाँ सिजन छिट्टै शुरु हुने जानकारी दिए ।‘फ्रेन्चाइजको लागि हामीसँग ३ वर्षको मात्र अनुमति थियो । अहिले फेरि नयाँ सिजनका लागि मौखिक अनुमति मिलेको छ । लिखित प्राप्त हुनासाथ शो शुरु हुन्छ’ पौडेलले थपे ‘आशा गरौ छिट्टै हुनेछ  ।अव शुरु हुने सिजनमा जज भने फेरिनेछन् । यस अगाडि शोमा देखिँदै आएका जजले अन्य शोमा काम गर्न थलिसकेकोले जर्ज फेरिने भएका हुन् । नयाँ जर्ज भएप

दुई घण्टा ढिला गरी शपथ शुरु

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको वक्तव्यमा विवाद देखिएपछि शपथ ग्रहण कार्यक्रम ढिला गरी शुरु भएको छ । ६ बजे शुरु हुने भनिएको कार्यक्रम ८ बजेपछि मात्र शुरु भएको हो ।

एमालेको बैठक शुरु

काठमाडौ, १२ बैशाख । नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा उपलब्ध आयोजक कमिटी सदस्यको बैठक भर्खर शुरु भएको छ । बिहान १० बजे बैठक बोलाइए पनि दुई घण्टापछि मात्र शुरु भएको केन्द्रीय सदस्य ईश्वरी रिजालले जानकारी दिए । पार्टीका समसामयिक विषयमा छलफल गर्न आज आकस्मिक […]