उन्नति सहकार्य लघुवित्तको एफपीओ शुक्रवार बाँडफाँट हुने

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ शुक्रवार बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार उक्त कम्पनीको एफपीओ आगामी मंसिर ८ गते शुक्रवार बिहान ९ बजे बाँडफाँट गर्ने भएको हो ।  कम्पनीले गत कात्तिक २१ देखि २४ गतेसम्म एफपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ निष्कासन गरेको हो ।    साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत छ । उक्त पूँजी संरचनालाई विद्यमान ऐन अनुसार सर्वसाधारणतर्फ ३० प्रतिशत कायम गर्न कम्पनीले एफपीओ निष्कासन गरेको हो ।  

सम्बन्धित सामग्री