उन्नति सहकार्य लघुवित्तले एफपीओ निष्कासनका लागि पायो अनुमति

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्न अनुमति पाएको छ । २०७८ चैत २५ गते एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको कम्पनीले गत शुक्रवार अनुमति पाएको नेप्सेमार्फत जानकारी दिइएको छ । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१ दशमलव १८ कित्ता एफपीओ निष्कासनका लागि अनुमति पाएको हो । कम्पनीको एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड छ । हाल कम्पनीको चुक्ता पूँजी २२ करोड ९० लाख २० हजार रुपैयाँ छ ।