दिगो विकासका लागि यूएनडीपी र एनसेलबीच साझेदारी

नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटाले साझेदारी गरेका छन् । यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागाङ्गोडा लाबे र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ्ले समझदारी पत्रमा (भर्चुअल रूपमा) हस्ताक्षर गरेका छन् ।साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरितमार्ग’ एपको […]

सम्बन्धित सामग्री

जीविकोपार्जनमा सहयोग गर्न पर्यटन बोर्डको आग्रह

तत्काल पर्यटन क्षेत्रमा सुधार नआउने भएकाले नेपाल पर्यटन बोर्डले पुनःउत्थानका लागि दातृ निकायसँग जीविकोपार्जन सम्बन्धी गतिविधिका कार्यक्रमको निरन्तरताका लागि आग्रह गरेको छ । नयाँ परिस्थतिमा दिगो पर्यटनका नयाँ रणनीतिका साथ काम गर्ने विषयमा दातृ निकाय एवं कूटनीतिक नियोगसँग छलफल गरेर बोर्डले सो आग्रह गरेको हो ।बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका […]

कीर्तिपुर–चन्द्रागिरी साहसिक साइकल ट्रेल सञ्चालनमा

नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकामा निर्माण गरेको साइकल ट्रेल बिहीबार उद्घाटन गरिएको छ । कीर्तिपुर नगरपालिका–४ र चन्द्रागिरी नगरपालिकाको वडा नम्बर ६, ७, ८ र ९ मा निर्माण गरिएको सो टे«ल बोसन डाँडादेखि विभिन्न स्थान हुँदै चन्द्रागिरी केवलकारको […]

उपत्यकामै बन्यो साइकल र पदमार्ग

काठमाडौं, कात्तिक १४। मातातीर्थ कुण्ड पदमार्ग एवं साइकलमार्गको निर्माण पूरा भएको छ । २.५ किलोमिटर पदमार्ग र ६.४ किलोमिटर साइकलमार्ग बनेको हो । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सघीय कार्यक्रम (यूएनडीपी र ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालको सहकार्यमा ३२ लाख ९२ हजारमा साइकल मार्ग पूरा भएको जनाएको छ । जीविकोपार्जन, पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत […]

दुई सय पर्यटन मजदुरलाई आपत्कालीन रोजगारी

दुई सय जना पर्यटन मजदुरलाई आपत्कालीन रोजगारीको अवसर दिइएको छ । जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना कार्यक्रमअन्तर्गत उक्त सङ्ख्याका श्रमिकलाई रोजगारी दिइएको हो । ट्रेकिङ एजेन्सी एसोसिएसन आफ नेपाल (टान) पश्चिमाञ्चल, नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (यूएनडीपी)सँगको सहकार्यमा दुई जना श्रमिकलाई रोजगारी पाएका हुन् ।कोभिड–१९ महामारीका कारण पर्यटन क्षेत्र पूर्णरुपमा ठप्प बन्दा आर्थिक सङ्कटमा परेका श्रमिकलाई सहयोग गर्ने गरी यो कार्यक्रमको सुरुवात

‘कर्णालीको दिगो विकासका लागि साझा प्रतिबद्धता आवश्यक’

वीरेन्द्रनगर । कर्णाली प्रदेशको दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरूले साझा प्रतिबद्धताको खाँचो औंल्याएका छन् । ‘कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह–२०७८’ अन्तर्गत आइतवार वीरेन्द्रनगरमा भएको अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवालाले कर्णाली प्रदेशमा दिगो विकास लक्ष्यको प्रभावकारी कार्यन्वयनमा सघाउने साझा प्रतिबद्धता गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विमला केसीले राजनीतिक प्रतिबद्धता र सकारात्मक सोच भए मात्र कर्णालीमा दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न सहज हुने बताइन्  । प्रदेशसभा सदस्य केसीले सबै क्षेत्रले आफ्नो दायित्व र कर्तव्य सम्झेर अगाडि बढे सहजै कर्णालीको मुहार फेर्न सकिने धारणा व्यक्त गरिन् । ‘कर्णालीको भूगोल सुहाउँदो बजेट तथा कार्यक्रम निर्माण अवको आवश्यकता भएकाले सबैको ध्यान कर्णाली केन्द्रित हुनुपर्छ,’ सांसद केसी भनिन्, ‘सबैको साझा प्रतिबद्धता भए कर्णालीको मुहार फेर्न धेरै समय लाग्दैन ।’ कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले दिगो विकास लक्ष्य कार्यान्वयन गरी प्रदेशको विकास र समृद्धिमा सहयोग पुर्‍याउन इमानदारीपूर्वक लाग्नुपर्ने बताए । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि राज्यका सबै  संयन्त्र परिचालित भए मात्र कर्णालीको विकास सम्भव भएको उनको भनाइ थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धिकीले कर्णालीमा विकास पूर्वाधार सहित दातृनिकायसँगको साझेदारीबाट दिगो विकास लक्ष्य हासिल गर्न थप सहज धारणा राखे । दिगो विकास लक्ष्य हासिल गर्न साझा प्रतिबद्धता सहितको योजना तथा कार्यक्रमको आवश्यकता औंल्याउँदै उनले त्यसमा यूएनडीपीले सघाउने प्रतिबद्धता व्यक्त गरे । उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका सदस्य कविराज खत्रीले कर्णालीमा निजीक्षेत्रलाई लगानीमैत्री वातावरण सृजना गर्न सरकारले केही कानूनी प्रावधान संशोधन गर्नुपर्ने बताए । ‘समृद्ध कर्णालीको आधार : स्वस्थ हरित न्यायपूर्ण पुनरुत्थानका लागि दिगो विकास’ मूल नाराका साथ शुरू भएको कार्यक्रममा कर्णाली प्रदेशको सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्यमाथि बहस सञ्चालन गरिएको छ । कार्यक्रममा कर्णालीमा दिगो विकास लक्ष्यको कार्यान्वयन स्थितिमा उच्चस्तरीय नीतिको चर्चा, कोभिड–१९ को घरेलु खाद्य सुरक्षा र जीविकोपार्जनमा परेको असरबारे छलफल, दिगो विकास लक्ष्य तथा उपलब्धि, नीति, मुद्दा, प्राथमिकता, बजेट विनियोजन र कर्णाली प्रदेशमा स्वास्थ्य तथा पोषणमा आगामी कार्यदिशाका बारेमा छलफल गरिने कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले जानकारी दिए ।

दिगो पर्यटन परियोजना : एकदिनमै ३ सय भन्दा बढी मजदुर आवद्ध

काठमाडौँ– पर्यटन क्षेत्रमा आवद्ध रहेका र रोजगारी गुमाएका मजदुरको जीविकोपार्जन पुनः उत्थानका लागि दिगो पर्यटन परियोजना आइतवार सुरु भएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले सुरु गरेको उक्त परियोजना अन्तर्गत आइतबारबाट काठमाडौँका विभिन्न स्थानकमा एकैसाथ काम सुरु भएको हो । परियोजनाले टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) सँगको सहकार्यमा […]

यूएनडीपी–एनसेल साझेदारी

काठमाडौं (अस) । नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियान प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) र मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले साझेदारी गरेका छन् । यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागांगोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले भर्चुअल माध्यमबाट समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । साइकल अभियानलाई हरित मार्ग एपको माध्यमलगायतबाट प्रवर्द्धन गरिनेछ । सहरी बासिन्दाका लागि दिगो सहरी यातायात र वातावरण–मैत्री जीवनपद्धतिको छनोट प्रवद्र्धन गर्ने उद्देश्यले यो अभियानको आरम्भ गत पुसबाटै भएको थियो । सहरबासीका लागि स्वच्छ, स्वस्थ र सुपथ रहेको साइकल यात्रा कसरी वैकल्पिक माध्यम हुन सक्छ भन्ने कुराको पुष्टि गर्नु अभियानको उद्देश्य हो । विश्व वातावरण दिवस २०२१ को पूर्वसन्ध्यामा हस्ताक्षरित समझदारीपत्रअन्तर्गत यूएनडीपी र एनसेलले आफ्नो व्यावसायिक, सामाजिक जिम्मेवारीको हिस्साका रूपमा काठमाडौं उपत्यकाबाहिरका अन्य इच्छुक सहरमा समेत साइकल अभियान विस्तारमा सहकार्य गर्नेछन् । अभियानले स्वस्थ सहरका लागि साइकल यात्राको नियमन, नक्सांकन तथा प्रोत्साहनका लागि विद्यमान प्रविधि प्रयोग गर्नेछ । यस अभियानले साइकलमैत्री, सुरक्षित पूर्वाधारको बढ्दो लगानीका लागि वकालत गर्दछ । सँगै आर्थिक, स्वास्थ्यलगायत वातावरणीय तथा कोभिड–सम्बद्ध सुरक्षाका लागिसमेत मानिसलाई साइकल जीवनशैली सुरु गर्न उत्प्रेरित गर्नेछ । ‘समझदारीपत्रमार्फत यूएनडीपी र एनसेलले साझेदारी गरेका हुन् । जीवनलाई स्वच्छ र सुरक्षित राख्न तथा पृथ्वीलाई संरक्षण गर्न टेवा दिइनेछ’, यूएनडीपीकी आवासीय प्रतिनिधि ऐसानी मेडागांगोडा लेबले भने । यो अभियान दिगो समाजप्रतिको प्रतिबद्धता र मातृ कम्पनी आजियाटाको ‘नेट–जिरो कार्बन’ लक्ष्यसँग जोडिएको एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले बताए । ‘साइकल यात्रालाई सहरी आउजाउ, व्यावहारिक रूपमा छोटो तथा मध्यम दूरीको यातायातको दिगो साधनका रूपमा प्रवद्र्धन गर्न र हरित उद्देश्य प्राप्तिका लागि संयुक्त राष्ट्रसंघसँग हातेमालो गर्न पाएकामा एनसेल आभारी छ’, उनले भने ।

दिगो विकासका लागि यूएनडीपी र एनसेलबीच साझेदारी

काठमाडौं। नेपालमा साइकल यात्रा अभियानको प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटाले साझेदारी गरेका छन्। दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ शहरका लागि साझेदारी भएको एनसेलले जनाएको छ। साइकल अभियानलाई ‘ग्रिनवे’ अर्थात् ‘हरितमार्ग’ एपको माध्यम लगायतबाट प्रवद्र्धन गरिनेछ। ‘विश्व वातावरण दिवस २०२१’को पूर्वसन्ध्यामा दुई संस्थाले हस्ताक्षर गरेका हुन्।

दिगो विकासका लागि नेपालमा यूएनडीपी र एनसेलको साझेदारी

नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियान प्रवद्र्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन्। यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागांगोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले जेठ २१ गते समझदारी पत्रमा (भर्चुअल रूपमा) हस्ताक्षर गरेका छन्। साइकल अभियानलाई ‘ग्रिनवे’ […]

दिगो विकास लक्ष्यका लागत ३०३ खर्ब

राष्ट्रिय योजना आयोगले दिगो विकास लक्ष्य (एसडीजी) का लागि नेपालमा ३०३ खर्ब ८४ अर्ब लगानी आवश्यक रहेको आंैल्याएको छ । संयुक्त राष्ट्रसंघले सन् २०१६ देखि २०३० सम्मका लागि एसडीजी अघि सारेकोमा आयोगले ती लक्ष्य हासिल गर्नका लागि यति धेरै रकम आवश्यक रहेको औल्याएको हो । एसडीजीका लागि आवश्यक आंकलन, लागत र वित्तिय रणनीतिबारे आयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले संयुक्त रूपमा अध्ययन गरेको थियो ।