‘कर्णालीको दिगो विकासका लागि साझा प्रतिबद्धता आवश्यक’

वीरेन्द्रनगर । कर्णाली प्रदेशको दिगो विकास लक्ष्यको प्रभावकारी कार्यान्वयन गर्न सरोकारवालाहरूले साझा प्रतिबद्धताको खाँचो औंल्याएका छन् । ‘कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह–२०७८’ अन्तर्गत आइतवार वीरेन्द्रनगरमा भएको अन्तरक्रियामा सहभागी विभिन्न सरोकारवालाले कर्णाली प्रदेशमा दिगो विकास लक्ष्यको प्रभावकारी कार्यन्वयनमा सघाउने साझा प्रतिबद्धता गरेका हुन् । अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री विमला केसीले राजनीतिक प्रतिबद्धता र सकारात्मक सोच भए मात्र कर्णालीमा दिगो विकासको लक्ष्य कार्यान्वयन गर्न सहज हुने बताइन्  । प्रदेशसभा सदस्य केसीले सबै क्षेत्रले आफ्नो दायित्व र कर्तव्य सम्झेर अगाडि बढे सहजै कर्णालीको मुहार फेर्न सकिने धारणा व्यक्त गरिन् । ‘कर्णालीको भूगोल सुहाउँदो बजेट तथा कार्यक्रम निर्माण अवको आवश्यकता भएकाले सबैको ध्यान कर्णाली केन्द्रित हुनुपर्छ,’ सांसद केसी भनिन्, ‘सबैको साझा प्रतिबद्धता भए कर्णालीको मुहार फेर्न धेरै समय लाग्दैन ।’ कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले दिगो विकास लक्ष्य कार्यान्वयन गरी प्रदेशको विकास र समृद्धिमा सहयोग पुर्‍याउन इमानदारीपूर्वक लाग्नुपर्ने बताए । दिगो विकास लक्ष्य कार्यान्वयनका लागि राज्यका सबै  संयन्त्र परिचालित भए मात्र कर्णालीको विकास सम्भव भएको उनको भनाइ थियो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धिकीले कर्णालीमा विकास पूर्वाधार सहित दातृनिकायसँगको साझेदारीबाट दिगो विकास लक्ष्य हासिल गर्न थप सहज धारणा राखे । दिगो विकास लक्ष्य हासिल गर्न साझा प्रतिबद्धता सहितको योजना तथा कार्यक्रमको आवश्यकता औंल्याउँदै उनले त्यसमा यूएनडीपीले सघाउने प्रतिबद्धता व्यक्त गरे । उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका सदस्य कविराज खत्रीले कर्णालीमा निजीक्षेत्रलाई लगानीमैत्री वातावरण सृजना गर्न सरकारले केही कानूनी प्रावधान संशोधन गर्नुपर्ने बताए । ‘समृद्ध कर्णालीको आधार : स्वस्थ हरित न्यायपूर्ण पुनरुत्थानका लागि दिगो विकास’ मूल नाराका साथ शुरू भएको कार्यक्रममा कर्णाली प्रदेशको सर्वव्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्यमाथि बहस सञ्चालन गरिएको छ । कार्यक्रममा कर्णालीमा दिगो विकास लक्ष्यको कार्यान्वयन स्थितिमा उच्चस्तरीय नीतिको चर्चा, कोभिड–१९ को घरेलु खाद्य सुरक्षा र जीविकोपार्जनमा परेको असरबारे छलफल, दिगो विकास लक्ष्य तथा उपलब्धि, नीति, मुद्दा, प्राथमिकता, बजेट विनियोजन र कर्णाली प्रदेशमा स्वास्थ्य तथा पोषणमा आगामी कार्यदिशाका बारेमा छलफल गरिने कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दीपेन्द्र रोकायाले जानकारी दिए ।

सम्बन्धित सामग्री

‘विकासका लागि साझा एजेण्डा आवश्यक’

पर्वत, २० फागुन । नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको विकासका लागि साझा एजेण्डा बनाउनुपर्ने बताएका छन् । पर्वत उद्योग वाणिज्य सङ्घको ४१औँ वार्षिक साधारणसभा तथा १८औँ अधिवेशनको आज कुश्मामा उद्घाटन गर्दै उनले विकासका साझा एजेण्डा नभएसम्म मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसक्ने बताए । अध्यक्ष ढकालले आर्थिक हिसाबले मुलुक अस्तव्यस्त बनेको […]

भैरहवाको विकासका लागि नगरपालिकाको एडिबीसँग छलफल

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको विकासका लागि एसियाली विकास बैंक (एडिबी)सँग छलफल गरिएको छ । सोमबार सिद्धार्थनगर नगरपालिकामा विकासका योजना सञ्चालनका लागि नगरपालिका र एडिबीबीच छलफल भएको हो ।छलफलको क्रममा एडिबीको वरिष्ठ सहरी विकास विज्ञ लक्ष्मी शर्माले एडिबीले सञ्चालन गर्ने योजना लगायतका विषयमा प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । त्यस्तै नगरपालिकाको तर्फबाट योजना प्रमुख जीवन अर्यालले नगरको विकासका लागि डण्डा करिडोर, बेलहिया स्थित सवारीसाधनको पार्किङसहितको व्यावसायिक भवन, रिङ्गरोड, सडक निर्माण लगाय

विराटनगरको विकासका लागि विश्व बैंकको चासो

विराटनगरको समग्र आर्थिक विकासका लागि विश्व बैंकले चासो देखाएको छ । विश्व बैंकका प्रतिनिधि वरिष्ठ अर्थशास्त्री एलिस जे ब्रुक्स नेतृत्वको टोलीले आज (बुधबार) प्रमुख नागेश कोइरालालाई भेटेर विराटनगरको समग्र आर्थिक विकासका लागि चासो देखाएको हो । भारतसित सीमाना जोडिएका नेपालका ठूला सहरहरुको आर्थिक विकासका लागि विश्वबैंकले अध्ययन गरिरहेको ब्रुक्सले बताए । प्रमुख कोइरालासितको भेटका क्रममा ब्रुक्सले विराटनगरको विकास र समृद्धिका लागि विश्व बैंक सहयोग गर्न तयार रहेको प्रस्ट्याए । प्रदेशको राजधानी भएकाल

‘मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि लाग्नुपर्छ’

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नागरिकको मानवीय विकासका क्षेत्रमा जनप्रतिनिधि क्रियाशील भएर लाग्नुपर्ने बताएका छन्।...

‘बन्दीपुरको एकीकृत विकासका लागि प्रदेश सरकार प्रतिबद्ध’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए। तनहुँको बन्दीपुरस्थित शहीद पार्कमा आयोजित कार्यक्रममा उनले बन्दीपुरको एकीकृत विकासका लागि प्रतिबद्ध रहेकाले गुरुयोजना बनाएर काम अगाडि बढाउन आग्रह गरे ।

महिलाहरुलाई नेतृत्व विकासका लागि तालिम

ओरेक रुकुमले महिलाहरुको क्षमता विकासका गतिविधिहरु अन्र्तगत तिन दिने नेतृत्व विकास सम्बन्धी तालिम सम्पन्न गरेको छ।...

नेपाल विकासका प्रमुख चार सूत्र

नेपालको राजनैतिक तथा भौगोलिक अवस्थाको अध्ययन गरेपश्चात् मात्र देश विकास कसरी गर्न सकिन्छ भन्ने अवधारणा लिनुपर्ने हुन्छ । हामी दुईजना मिलेर ७७ वटै जिल्लामा देश विकासका लागि के-कस्ता सम्भावना छन् र के-के गर्न सकिन्छ भनी वस्तुगत भ्रमण गरेका छौं ।नेपालजस्तो भौगोलिक अवस्था र भू-परिवेष्टित अल्पविकसित देशको विकासका लागि अरु देशको विकास मोडेल ल्याउन आवश्यक छैन‚ […]

लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह

नेपालले अतिकम विकसित राष्ट्रका विकासका आकाङ्क्षा पूरा गर्न लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारहरुसँग आग्रह गरेको छ । अतिकम विकसित देशलाई विकासको बाटोमा अग्रसर गराउन अन्तर्राष्ट्रिय समुदायले वित्तीय सहयोग गर्ने प्रतिबद्धता जनाए पनि त्यो कार्यान्वयन नभएको सन्दर्भमा नेपालले विकासका साझेदारलाई पुनः झक्झक्याएको हो ।   ‘अतिकम विकसित राष्ट्रमा लगानी बढाउन वित्तीय उपकरणको विविधिकरण’ विषयमा संयुक्त राष्ट्रसङ्घीय महासभा तथा राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्को संयुक्त बैठकलाई पूर्वअभिलेखित ‘भिडियो&...

विकासका काम धमाधम

पोखरा महानगरपालिका-३२ मा विकासका कामले तीव्रता पाएको छ। प्रदेश गौरवका आयोजनासँगै शिक्षा, भौतिक पूर्वाधार, पर्यटन लगायतका हरेक क्षेत्रमा विकासका कार्यक्रमले गति लिएका हुन्।

विकासका लागि स्वस्थ राजनीति चाहिन्छ :प्रधानमन्त्री ओली

पोखरा-प्रधानमन्त्री केपी शर्मा ओलीले ७५३ वटै स्थानीय तहबाट विकासका काम अघि बढेको बताएका छन् । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवनको सोमबार पोखरा महानगरपालिका–३ नदीपुरमा शिलान्यास गर्दै उनले सङ्घीय सरकारले सात प्रदेशमार्फत र प्रदेश सरकारले ७५३ स्थानीय तहमार्फत विकासका प्रयासलाई अघि बढाउने बाटो लिएको बताए ।विकासका लागि स्वस्थ राजनीति र आर्थिक क्रियाकलाप, भ्रष्टाचारको न्यूनीकरण र अन्त्य, […]