जीविकोपार्जनमा सहयोग गर्न पर्यटन बोर्डको आग्रह

तत्काल पर्यटन क्षेत्रमा सुधार नआउने भएकाले नेपाल पर्यटन बोर्डले पुनःउत्थानका लागि दातृ निकायसँग जीविकोपार्जन सम्बन्धी गतिविधिका कार्यक्रमको निरन्तरताका लागि आग्रह गरेको छ । नयाँ परिस्थतिमा दिगो पर्यटनका नयाँ रणनीतिका साथ काम गर्ने विषयमा दातृ निकाय एवं कूटनीतिक नियोगसँग छलफल गरेर बोर्डले सो आग्रह गरेको हो ।बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) सँगको सहकार्यमा जीविकोपार्जन पुनःउत्थानका […]

सम्बन्धित सामग्री

पोखरा र भैरहवा विमानस्थलबाट सिधा चीन उडान भर्न परिषंघको आग्रह

नेपाल उद्योग परिसंघले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा चीन उडान गरी नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्न आग्रह गरेको छ।...

नेपाललाई पर्यटन गन्तव्यमा राख्न आग्रह

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छेन सोङबीच मंगलवार भेटवार्ता भएको छ । भेटमा अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने बताएका छन् । नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधार लगायत क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेको अध्यक्ष ढकालले राजदूत छेनलाई अवगत गराए । पर्यटन प्रवर्द्धनका लागि चीनका मुख्य शहरबाट नेपालका सबै अन्तरराष्ट्रिय विमानस्थलमा सीधा उडान आवश्यक रहेको समेत उनले बताए । साथै उनले चिनियाँ पर्यटकको प्रमुख गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतापूर्वक समावेश गर्न आग्रह गरे । महासंघले साना उद्यमशीलता प्रवर्द्धनमा काम गरिरहेको भन्दै अध्यक्ष ढकालले उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि सहयोग गर्न राजदूत छेनलाई आग्रह गरे । लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि पनि चीन सरकारले पहल गर्नुपर्नेमा उनले जोड दिए । भेटमा राजदूत छेनले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताए । उत्पादनमूलक उद्योग, कृषि, ऊर्जा लगायत क्षेत्रमा चिनियाँ लगानीकर्ता आकर्षित रहेको बताए । तर विदेशी लगानी भित्त्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहज लैजान सक्ने व्यवस्था गरिनुपर्ने उनको भनाइ थियो । लगानीकर्तालाई नीतिगत स्थायित्व सहज व्यवहार आवश्यक रहेको पनि उनले बताए । चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण उनले प्रस्तुत गरे । यसैगरी तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारे छलफल भइरहेको उनले बताए ।

पर्यटन पुनरुत्थानमा सहयोग गर्न मन्त्री श्रेष्ठको आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थान र प्रवद्र्धनबारे काठमाडौं उपत्यकामा रहेका महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका छन् ।मन्त्री श्रेष्ठले पर्यटनको सम्भावना, पुनरुत्थान, पर्यटन विकासका चुनौती र त्यसको समाधानका विषयमा महानगर र नगरपालिकाका प्रमुखहरुसँग छलफल गरेका हुन् । पर्यटन विकासका लागि तीनै तहका सरकारबीच समन्वय र एकीकृत योजनासहित अघि बढ्नुपर्ने मन्त्री […]

इन्धन आयातमा सहयोग गर्न रुसलाई श्रीलंकाको आग्रह

एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग इन्धन आयातका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । इन्धन आयात गर्न ऋण सहयोगको प्रस्ताव अनुरोध गरेको श्रीलंकाका राष्ट्रपति राजापाक्षेले बताउनुभएको हो । साथै दुई देशबीच पर्यटन, व्यापार र संस्कृति जस्ता क्षेत्रहरूमा द्विपक्षीय सम्बन्धलाई सुदृढ पार्ने सहमति भएको उहाँले जानकारी दिनुभएको छ । पुटिनसँग धेरै […]

नेपालको सांस्कृतिक पर्यटन दूत बन्न एनआरएनएलाई राष्ट्रपति भण्डारीको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेकी छिन् । शनिबार एनआरएनएको १०औँ महाधिवेशनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले विदेशमा रहँदै आएका नेपालीले सांस्कृतिक पर्यटन दूत भएर नेपाललाई...

सलमान खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न मन्त्री आलेको आग्रह

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन्। मंगलबार अभिनेता खानसँग भएको भर्चुअल संवादमा उनले सो आग्रह गरेका हुन्।

पर्यटनका लागि नेपाल खुला रहेको सन्देश दिन सलमान खानलाई मन्त्री आलेको आग्रह

९ चैत, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बलिउड अभिनेता सलमान खानलाई नेपालको पर्यटन प्रवर्द्धनका लागि सहयोग गर्न आग्रह गरेका छन् । मंगलबार अभिनेता खानसँग भएको भर्चुअल संवादमा उनले कोरोना महामारीपछि नेपाल पर्यटनका लागि खुला भएको सन्देश विश्व समुदायलाई दिन आग्रह गरे । मन्त्रीको आलेको यो प्रस्तावलाई सकारात्मक रुपमा लिंदै सलमानले नेपाल […]