पर्यटकीय तथा धार्मिक स्थलमा पर्यटकको आकर्षण

दमौली । तनहुँका पर्यटकीय तथा धार्मिक स्थलमा पर्यटकको आकर्षण बढेको छ । जिल्लाका व्यास, शुक्लागण्डकी, बन्दीपुरलगायतका पर्यटकीय तथा धार्मिकस्थलमा सर्वसाधारणको आकर्षण बढेको हो ।      नयाँ वर्षमा बन्दीपुरमा मात्रै १० हजार पर्यटक आएको अनुमान छ । बन्दीपुर पर्यटन विकास समितिका सचिव वसन्त पौडेलले नयाँ वर्षमा बन्दीपुर भरिभराउ भएको जानकारी दिए । हिमालय दरबार होटलका सञ्चालक वैश गुरुङले बास बस्ने पर्यटकको संख्या न्यून रहे पनि दिउँसोमा घुम्न आउने पर्यटक अत्यधिक रहेको जानकारी दिए । ‘बन्दीपुरमा वास बस्ने पर्यटक यतिबेला कम मात्रामा छन्, घुम्न आउने पर्यटकको संख्या उत्साहजनक छ,’ उनले भने, ‘नेपालीमा घुम्ने संस्कृतिको विकास भएसँगै विभिन्न चाडपर्व, सार्वजनिक बिदालगायतका दिन बन्दीपुरमा पर्यटक आउने गरेका छन् ।’      बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धवलागिरि लगायत हिमशृंखला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका स्थल पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेका छन् । बन्दीपुर गाउँपालिकाले पर्यटक आकर्षित गर्न विभिन्न पूर्वाधार निर्माणलाई जोड दिइरहेको छ । चीनको ग्रेटवालको झल्को दिनेगरी निर्माण भइरहेको मिनी ग्रेटवालले पनि पर्यटकको ध्यान खिच्ने गरेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए ।      यस्तै जिल्लाको व्यास नगरपालिका–३ र ५ स्थित उद्यानमा पनि सर्वसाधारणको आकर्षण बढेको छ । रासस

सम्बन्धित सामग्री

पर्यटकको रोजाइमा पर्दै उदयपुरको रौतापोखरी

यहाँको पर्यटकीय तथा धार्मिक स्थल रौतापोखरी पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको छ। जिल्लाको रौतामाई गाउँपालिका ६ मा पर्ने रौतापोखरी उदयपुर मात्र नभएर कोसी प्रदेश कै पर्यटन विकासको प्रचुर सम्भावना रहेको धार्मिक तथा ऐतिहासिक स्थल हो।...

पुम्दीकोटको अर्को आकर्षण सुमेरु पर्वत

गण्डकी, ६ भदौ । पोखराको नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रुपमा चासो र चर्चा कमाएको पोखरा महानगरपालिका–२२ स्थित पुम्दीकोटमा सुमेरु पर्वत आकर्षणका रुपमा देखिएको छ । समुदायको सहयोग एवम् पुम्दीकोट विकास समितिको सक्रियतामा पुम्दीकोटमा निर्माण गरिएको ५१ फिट उचाइको महादेवको मूर्तिले स्वदेशी एवम् विदेशी पर्यटकलाई आकर्षित गरिरहेको यसस्थलमा नजिकैको अर्को थुम्कालाई सुमेरु पर्वतका रुपमा विकास गर्न […]

पर्यटकको आकर्षण गन्तव्य बन्दै तातोपानी

जुम्ला पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको जिल्ला हो । धार्मिक, सांस्कृतिक, एतिहासिक तथा प्राकृतिक पर्यटकीय सम्भावना छन् । पर्यटकीय सम्भावना र स्रोतका दृष्टिले पनि जिल्ला आठ पालिकामध्ये तातोपानी गाउँपालिका पहिलो पालिकामा पर्छ । यहाँ कर्णालीकै तेस्रो ठूलो ताल(गिडिदह) देखि थुप्रै प्राकृतिक पर्यटक गन्तव्य छन् । जसमध्ये तातोपानी धारा पर्यटकको आर्कषण केन्द्र बन्दै गएको पाइन्छ । […]

नेपालमा बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गर्नुपर्छः मन्त्री श्रेष्ठ

उनले पर्यटन क्षेत्रमार्फत देशको अर्थतन्त्रलाई मजबुद बनाउन बाह्रै महिना पर्यटकीय गतिविधि सञ्चालन गरिनुपर्ने बताए। 'नेपालमा बाह्रै महिनामा पर्यटकीय गतिविधि सञ्चालन गर्नसक्ने जलवायु तथा मौसमी विविधता रहेको छ, पर्यटक आकर्षण गर्न धार्मिक, सांस्कृतिक तथा प्राकृ...

लोभलाग्दो मार्ग पोखरी, तर पुग्नै छाडे पर्यटक

कुनै बेला जिल्लामा निक्कै कहलिएको पर्यटकीय गन्तव्य हो, मार्गपोखरी । तेह्रथुमको छथर गाउँपालिका–१ आङदिमका यो पोखरी रहेको छ । धार्मिक तथा पर्यटकीय रुपमा परिचित पोखरीमा केही वर्षअघिसम्म पर्यटकको आकर्षण थियो तर अहिले सुनसान छ । हरिया डाँडाकाँडाले घेरिएको पहाडको टुप्पोमा रहेको पोखरी सफा,  सुन्दर र लोभलाग्दो छ । सिधुवा–शुक्रबारे सडक खण्डको डङडङे भन्ने स्थानबाट करिब आधा घण्टा पैदल हिँडेपछि पुग्न सकिने यो पोखरी प्रचार(प्रसार अभावमा ओझेलमा परेको छ । पोखरीलाई पर्यटकीय गन्तव्यको रुपमा

ओझेलमा बागलुङको दिदीबहिनी झरना

१० भदौ, बागलुङ । बागलुङको निसीखोलामा धेरै धार्मिक तथा पर्यटकीय क्षेत्र छन् । कतिपय पर्यटकका आकर्षण केन्द्र बनेका छन् भने कतिपय भने मनमोहक हुँदाहुँदै पनि प्रचारको अभावमा ओझेलमा परेका छन् । यिनैमध्येका प्रचारमा आउन नसकेका निसीखोला गाउँपालिका वडा नं ६ मा पर्ने दिदीबहिनी झरना हुन् । उच्च पहाडको चुचुरोको फेदमा रहेका यी झरना मनमोहक छन् […]

धनगढीको शिवपुरीधाममा भारतीय पर्यटकको आकर्षण

धनगढी (शिवपुरीधाम)- सुदूरपश्चिमको सहर धनगढीस्थित शिवपुरीधाम जिल्लाको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । पछिल्ला समयमा उक्त धाममा निर्माण भइरहेका संरचना, भौगोलिक अवस्थिति आदिका कारण यो स्थल पर्यटकको रोजाइँमा पर्न थालेको हो ।  एक सय आठ फिट अग्लो शिवलिङ्ग, १०८ तुलसीका मोठ, द्वादश ज्योतिर्लिङ्गजस्ता धार्मिक महत्त्वका संरचनाका कारण यस तीर्थस्थलप्रतिको आकर्षण दिनप्रतिदिन  […]

विशाल शिवमूर्ति

पोखरा– २२ पुम्दीभुम्दीस्थित विशाल शिवमूर्ति परिसरमा देखिएका पर्यटक । धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा विकसित उक्त स्थानमा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ । तस्वीर रासस

शिवमूर्ति हेर्न पर्यटकको घुइँचो

पोखरा– २२ पुम्दीभुम्दीस्थित विशाल शिवमूर्ति परिसरमा देखिएका पर्यटक । धार्मिक एवम् पर्यटकीय गन्तव्यको रुपमा विकसित उक्त स्थानमा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ । तस्वीरः हरि बास्तोला/ रासस

आन्तरिक पर्यटकीय गन्तव्यको सम्भावना बोकेको भैरवी मन्दिर क्षेत्र (तस्बिरहरु)

धादिङ बजारबाट करिब १८ किलोमिटरको दुरीमा रहेको भैरवी मन्दिर क्षेत्र आन्तरिक धार्मिक पर्यटनको आकर्षण केन्द्र बन्न सक्ने स्थानीयवासी बताउँछन् । यद्यपि प्रचार प्रसारको अभावका कारण यस क्षेत्रमा आन्तरिक पर्यटकको संख्या बढाउन नसकेको उनीहरुको भनाइ छ ।समुन्द्र सतहदेखि करिब १५ सय मिटरको उचाइमा रहेको यो मन्दिर क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले निकै महत्वपूर्ण रहेको स्थानीयवासीले बताए । यहाँबाट उत्तरतर्फ मनमोहक हिमालहरू लाङटाङ, गणेश, मानापाथी, घोडाघोडी लगायतका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।एकातिर धार्म