प्रदेशको नामकरण गर्न प्रदेशसभा सदस्यको जोड

प्रदेश १ को दोस्रो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले नामकरणमा जोड दिएका छन्।

सम्बन्धित सामग्री

प्रदेशको नामकरण गर्न प्रदेशसभा सदस्यको जोड

विराटनगर : प्रदेश १ को दोस्रो प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले नामकरणमा जोड दिएका छन् । अघिल्लो कार्यकालमा नामकरण हुन नसक्दा चौतर्फी आलोचना खेप्नु परेको भन्दै उनीहरुले नामकरणलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नामकरणको विषय सरकारको उच्च प्राथमिकतामा भएको बताए । सबै दलसँगको सहमतिमा चाँडै साझा नाम राख्ने गरी प्रयास […]

प्रदेश १ : नवनिर्वाचित सांसदहरूको प्राथमिकता ‘प्रदेशको नामकरण’

विराटनगर : प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्यहरूले आज (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। ज्येष्ठ सदस्य गयानन्द मण्डलले सांसदहरूलाई शपथ ग्रहण गराए।प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री राजेन्द्रकुमार राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोसहित आठजना पुरानै सांसद दोहोरिएका छन्।अघिल्लो कार्यकालमा तीनजना मुख्यमन्त्री पाएको प्रदेश १ ले प्रदेशको नाम राख्न सकेन। प्रदेशसभाको कार्यकाल अन्तिम अवस्थामा हुँदा मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारले नामकरण बारे छलफल

प्रदेश १ को प्रदेशसभा बैठक १७ भदौमा बस्ने

१२ भदौ, विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले १७ भदौमा प्रदेशसभा बैठक बोलाएका छन् । प्रदेशसभाको चालु अधिवेशनबाट प्रदेशको नामकरण गर्ने भनिए पनि दलहरुबीच सहमति नजुट्दा प्रदेश १ ले नाम पाउन सकेको छैन । संघीय सरकारले ४ मंसिरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन गर्ने गरी मिति घोषणा गरिसकेका कारण सभामुख भण्डारीले प्रदेशसभा अन्त्यको तयारी […]

पहिचान बिनाको प्रदेशको नाम मान्य हुन्न  : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको सहमति बिना प्रदेशसभामा प्रदेशको नामकरणको विषय प्रवेश गरेको खण्डमा संसद् नै बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताएका हुन् । यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिचान बिनाको प्रदेश १ को नामकरण गर्नुपर्ने स्थिति आएमा प्रदेशसभा नै

पहिचान विनाको प्रदेशको नाम मान्य हुन्नः मुख्यमन्त्री राई

नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताए। यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिच...

'साझा सहमति नबनेसम्म प्रदेश १ को नामकरण सम्भव छैन'

विराटनगर : नेपाली कांग्रेसका प्रदेश-१ संसदीय दलका नेता राजीव कोइरालाले साझा सहमति नबनेसम्म प्रदेशको नामकरण सम्भव नभएको बताएका छन्।प्रदेशसभा बैठकको विशेष समयमा बोल्दै कोइरालाले जबसम्म साझा सहमति बन्दैन तबसम्म प्रदेशको नामकरण सम्भव नरहने बताएका हुन्।मही माग्दा ढुंग्रो लुकाउने कुनै आवश्यकता नरहेको बताउँदै उनले जबसम्म प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तयार रहँदैन तबसम्म प्रदेशको नामकरण सम्भव नरहेको बताए।‘प्रदेश सरकारले पहल गनुपर्‍यो प्रमुख प्रतिपक्षी दल एमालेलाई समेटेर के नाम राख्दा उचित हु

प्रदेश २ : प्रदेशसभा बैठक बस्दै, प्रदेशको नामकरण सम्बन्धमा प्रस्ताव पेस हुने

प्रदेश २ को प्रदेशसभा बैठक बस्दैछ । आज दिउँसो १ बजे प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकबाट प्रदेशको नामकरण सम्बन्धमा ६ वटा प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।त्यस्तै स्थायी राजधानी तोक्ने विषयमा पनि छलफल हुने प्रदेशसभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । त्यस्तै पछिल्लो बैठकमा पेस भएको अध्यादेशमाथि छलफलको कार्यसूची रहेको छ भने त्यसको विरुद्धमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ अस्वीकार गर्ने

प्रदेश १ : प्रदेशसभा बैठक साउन २१ का लागि आह्वान, प्रदेशको नामकरण होला त ?

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले साउन २१ गते बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । गत असार २५ गते प्रदेश सरकारको बजेट पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।प्रदेश सरकारले यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याउने तयारी थालेको छ । मुख्यमन्त्री शेरधन राईले सरकारका तर्फबाट प्रदेशको नामकरण टुङ्ग्याउने तयारीका साथ केही दिन अघिमात्र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच परामर्श गरेका थिए ।विपक्षी दलहरुले यस विषयमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै सरक

प्रदेशको नामकरण गर्दा पहिचानलाई ध्यान दिन आग्रह

प्रदेशसभा–१ को सोमबारको बैठकको विशेष समयमा सांसदहरुले प्रदेशको नाम राख्दा पहिचानलाई ध्यान दिन आग्रह गरेका छन् । बैठकमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले सरकारले प्रदेशको नामकरण गर्दा पहिचान सहितको नामकरण गर्नु पर्ने सुझाव दिए । सदस्य इन्दिरा राईले नदीको वरपर मानव वस्तीका बसोबास रहेका हुँदा यसतर्फ सरकारको ध्यान जानुपर्ने बताइन् । अर्का […]

पहिचान विरोधी नामकरण स्वीकार्य छैन : तुम्बाहाम्फे

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले  एक नम्बर प्रदेशको नामकरण लिम्बुवान, किरात-खम्बुवान राख्न प्रस्ताव गरेकी छन् । प्रदेशसभामा जारी बजेट अधिवेशनको आजको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य तुम्बाहाम्फेले नेपालमा संघीयताको जीउँदो इतिहास अरुण पूर्वको लिम्बुवान भएको प्रमाण दाबी पेश गर्दै सो प्रस्ताव गरेकी हुन् ।तुम्बाहाम्फेले लिम्बुवानको इतिहासलाई नामेट गर्ने गरी भूगोल र सभ्यताको आधारमा नाम राख्ने काम भएको खण्डमा सबैभन्दा बढी लिम्बुवान र त्योसँग जोडिए