संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले एक नम्बर प्रदेशको नामकरण लिम्बुवान, किरात-खम्बुवान राख्न प्रस्ताव गरेकी छन् । प्रदेशसभामा जारी बजेट अधिवेशनको आजको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य तुम्बाहाम्फेले नेपालमा संघीयताको जीउँदो इतिहास अरुण पूर्वको लिम्बुवान भएको प्रमाण दाबी पेश गर्दै सो प्रस्ताव गरेकी हुन् ।तुम्बाहाम्फेले लिम्बुवानको इतिहासलाई नामेट गर्ने गरी भूगोल र सभ्यताको आधारमा नाम राख्ने काम भएको खण्डमा सबैभन्दा बढी लिम्बुवान र त्योसँग जोडिए