प्रदेश २ को प्रदेशसभा बैठक बस्दैछ । आज दिउँसो १ बजे प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकबाट प्रदेशको नामकरण सम्बन्धमा ६ वटा प्रस्ताव पेस हुने कार्यसूची रहेको छ ।त्यस्तै स्थायी राजधानी तोक्ने विषयमा पनि छलफल हुने प्रदेशसभाका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । त्यस्तै पछिल्लो बैठकमा पेस भएको अध्यादेशमाथि छलफलको कार्यसूची रहेको छ भने त्यसको विरुद्धमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक परमेश्वर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८ अस्वीकार गर्ने