बसाइँसराइ सृजित आर्थिक संकट: विदेश र आन्तरिक बसाइँसराइमा आंशिक नियन्त्रण जरुरी

नेपालमा बसाइँसराइको एक अचम्मको प्रवृत्ति देखिएको छ । सम्पन्न वर्गका सन्तानहरू यूरोप, अमेरिका र अन्य विकसित देशहरूमा बसाइ सरिरहेका छन् । जहाँ सन्तानले भविष्य देख्छ अभिभावकले पनि त्यही देशमा भविष्य देख्छन् । यसरी सम्पन्न वर्गका लागि नेपाल विमानस्थलको एक ट्रान्जिट जस्तो मात्र हुन पुगेको छ । तसर्थ नेपालको सम्पन्न वर्ग नेपालमा थप नयाँ खरीदमा कुनै उत्साह राख्दैन । सम्पन्न वर्गको प्रभुत्व रहेको घरजग्गा, गरगहना, सवारी साधन लगायत महँगा वस्तुहरूको खरीदमा यस वर्गमा कुनै उत्साह छैन । सम्पन्न वर्गको सबैभन्दा नजिकको अनुसरणकर्ता मध्यम वर्ग हो । मध्यम वर्गका लागि पनि नेपाल एकप्रकारको ट्रान्जिटजस्तै बन्न पुगेको छ । यो वर्ग पनि खाडी, मलेशिया, जापान, दक्षिण कोरियालगायत देशबाट आर्जित धनलाई सम्पन्न वर्गले रोजेका देशहरूमा जाने साधनको रूपमा कसरी सदुपयोग गर्ने भन्ने चिन्ताले आतुर छ । यो वर्गलाई पनि नेपालमा थप खरीददारीमा कुनै उत्साह छैन ।  विदेशमा जाने भिसा लागेको भोलिपल्ट आज किनेको गाडी कसरी बेच्ने भन्ने चिन्ता लिँदै आज पैसा भएको मानिसले पनि गाडी किनिरहेको छैन । छोराले अस्ट्रेलिया र अमेरिकामा घर बनाउन थालेपछि नेपालमा बसेको बाबुआमाले थप अर्को घर बनाउन वा तला थप्न किन सोच्छ र ? सम्पन्न वर्गका नेपाल बसेका बाबुआमाका लागि भएको घर, भएका सवारीसाधन त घाँडो सावित भएको सन्दर्भमा यस क्षेत्रमा खरीददारी र थप लगानी कसरी आउँछ र ? नयाँ लत्ताकपडा किन्न त्यो वर्गमा कुन उत्साह आउँछ र ? उताबाट पठाएको उपहारले यताको दैनिक गुजारा चलिरहेको सन्दर्भमा ती वृद्ध अभिभावकहरूले नेपालका पसलमा गएर किन सामान खरीद गर्छन् र ?  बसाइँसराइको अधिकार व्यक्तिगत भए तापनि यसको अनियन्त्रित प्रवाहरोक्न प्रत्यक्ष अप्रत्यक्ष विधिहरू अपनाउन जरुरी देखिन्छ । अन्तरराष्ट्रियबसाइँसराइमा निश्चत थ्रेसहोल्ड राख्नु आवश्यक छ भने आन्तरिक बसाइँसराइलाई रोक्न पनि आवश्यक विधिहरू अपनाउन जरुरी छ । सारमा भन्नुपर्दा यसरी नेपालीहरूको अन्तिम गन्तव्य र परम लक्ष्य विदेश बसाइँसराइ भइरहेको सन्दर्भमा विदेशमा सन्तान भएकाहरूलाई नेपालमा खरीददारीमा मोह छैन । विदेशमा आफ्ना सन्तान नगएकाहरूले पनि एक न एक दिन आफ्नो सन्तान पनि विदेश त गइहाल्छ भनेर ती अभिभावकहरूमा समेत न त घरको तला थप्ने रहर छ, न एक टुक्रा थप जग्गा किन्ने चाह नै छ । यसरी विदेशसँग प्रत्यक्ष जोडिएका र जोडिने सम्भावना भएका दुवैथरी वर्ग, जसले नेपालको जनसंख्याको अधिकांश अंशको प्रतिनिधित्व गर्छन्, तिनीहरूमा नेपालमा कुनै पनि आर्थिक गतिविधिमा संलग्न हुने कुनै इच्छा छैन । देशको आर्थिक क्रियाकलापमा सम्पन्न वर्ग र मध्यम वर्गको यस्तो अनुत्साहले मुलुकमा आर्थिक क्रियाकलाप ठप्प हुने थप जोखिम बढेको छ ।  ग्रामबाट नगरउन्मुख बसाइँसराइ अब नगरबाट विदेशतर्फ उन्मुख भइरहेको सन्दर्भमा हिजो जसरी गाउँहरू खाली हुने समस्या सृजना भएको थियो त्यही समस्या अबको केही समयमा नगरहरूमा पनि देखिने संकेतहरू मिलेका छन् । नगरमा भाडामा लेखिएका प्लेटहरूको वृद्धि एवम् शटर र फ्ल्याटहरू खाली हुने समस्याका पछाडि नगरबाट विदेश उन्मुख बसाइँसराइ प्रमुख कारणका रूपमा रहेको छ । क्रयशक्ति बढी भएका नगरवासीहरू विदेशिँदा बजारमा मागका आउने कमीले निम्त्याउने संकट भयावह रूपमा बढ्दै छ । भनिन्छ, ग्रामहरू आर्थिक गतिविधिविना पनि टिक्न सक्छन् परन्तु नगरहरू आर्थिक गतिविधि कम हुँदा सुक्दै जान्छन् र कालान्तरमा भूत शहरमा रूपान्तरण हुन्छन् । नेपालका शहरहरू यही दिशामा उन्मुख हुँदै गएका छन् । उजाडिन लागेको बस्ती पुरै नउजाडिएसम्म विश्राम लिँदैन भन्ने शास्त्रीय मान्यता नेपालमा पनि लागू हुन सक्ने केही संकेतहरू देखिएका छन् ।  निजामती कर्मचारीका सन्तानहरू निजामती प्रशासनमा छिर्न चाहँदैनन् । जंगी क्षेत्रका कर्मचारीका सन्तानहरू जंगी क्षेत्रमा प्रवेश गर्न चाहँदैनन् । केही अपवादलाई छोड्ने हो भने उद्योग क्षेत्रका सन्तानहरू पनि उद्योग क्षेत्रमा प्रवेश गर्न चाहँदैनन् । शिक्षकको सन्तान शिक्षक हुन चाहँदैन । कृषकका सन्तान कृषक हुन चाहँदैन । यसरी आफ्ना अभिभावकको पेशाप्रति चरम वितृष्णा नयाँ पुस्तामा उत्पन्न भएको छ । सबैभन्दा चिन्ताको विषय यो नयाँ पुस्तावर्ग अन्य विकल्पहरू रोज्नुभन्दा सीधै विदेश पलायनलाई आफ्नो लक्ष्य बनाइरहेको हुन्छ । अघिल्लो पुस्ताले पछिल्लो पुस्तालाई आफ्नो पेशालाई अनुकरण गर्न सक्ने गरी व्यावहारिक र सैद्धान्तिक दुवै पक्षबाट पुष्टि गर्न सक्ने क्षमता गुमाइरहेको छ । आदर्शको अवसान र साधनभन्दा साध्यमा बढी जोड दिने र स्थापित सिद्धान्तको उल्लंघन समृद्धिको आधार बनिदिँदा नयाँ पुस्तालाई आफ्नो पेशामा लाग्न उत्प्रेरणा दिने नैतिक साहस पुरानो पुस्ताले गुमाउँदै जाँदा आफ्ना सन्तानलाई ‘मेरो पेशामा अनि मेरो देशमा भविष्य’ छ भनेर सहमत तुल्याउन सकिरहेका छैनन् । पद्धतिमा आधारित भई आर्थिक समृद्धि प्राप्त गर्न सकिन्छ भन्ने मनोबल नयाँ पुस्तामा रोपण गर्न नसक्दा यस्तो अवस्थाको सृजना भएको हो । वैदेशिक रोजगार प्रवर्द्धनलाई नेपालको आर्थिक कूटनीतिको षड् अंगमध्ये एउटा अंगको मान्यता प्राप्त हुँदा नयाँ पुस्तामा स्वदेशमा बस्नु भनेको अन्धकारमय भविष्य बनाउनु हो र विदेशमा बसाइँसराइ गर्नु भनेको उज्ज्वल भविष्यको सुनिश्चितता हो भन्ने भाष्य स्थापित गर्न थप मद्दत मिलेको छ ।  उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालको अस्तित्व जोगाउने हो भने वर्तमान अनियन्त्रित बसाइँसराइलाई नियन्त्रण गर्नु आवश्यक भइसकेको छ । बसाइँसराइको अधिकार व्यक्तिगत भए तापनि यसको अनियन्त्रित प्रवाह रोक्न प्रत्यक्ष अप्रत्यक्ष विधिहरू अपनाउन जरुरी देखिन्छ । अन्तरराष्ट्रिय बसाइँसराइमा निश्चत थ्रेसहोल्ड राख्नु आवश्यक छ भने आन्तरिक बसाइँसराइलाई रोक्न पनि आवश्यक विधिहरू अपनाउन जरुरी छ । संघीयताको अवधारणामा राज्यका अधिकारहरू तीन तहका सरकारमा विनियोग गरिएभैंm आर्थिक क्रियाकलापहरू र सेवाको पनि प्रदेश र स्थानीय तहमा हस्तान्तरित हुने अभ्यास लागू हुन आवश्यक भइसकेको छ । भूमिपतिको सुरक्षा र भूमिको हदबन्दीको वर्तमान व्यवस्थामा सुधार आउँदा साथ कृषिको आधुनिकीकरण भई ग्रामीण क्षेत्रको शहरउन्मुख बसाइँसराइको गति धेरै सुस्त गर्न सकिन्छ । नाम कमाएका शिक्षण संस्था र स्वास्थ्य संस्थाका सेवाहरूको विकेन्द्रीकरणले पनि ग्रामीण क्षेत्रबाट शहरतर्फ हुने बसाइँसराइलाई थप कम गर्ने देखिन्छ । आन्तरिक बसाइँसराइलाई न्यून गर्न स्थानीय तहले विशेष भूमिका खेल्न सक्ने देखिन्छ । सारमा भन्नुपर्दा स्थानीय तहले बसाइँसराइ रोक्ने नीति अंगीकार गर्नु आवश्यक भइसकेको छ । यसका लागि कुनै स्थानीय तहमा बसाइँसराइ भएर आउँदा निश्चित मापदण्डहरू अपनाउनुपर्ने, साधनस्रोतमाथि पर्न सक्ने असरको पूर्वमूल्यांकन गरेर मात्र बसाइँसराइको अनुमति दिने जस्ता विषयमा विशेष  ध्यान जानु आवश्यक छ । कुनै स्थानीय निकायले बसाइँसराइको अनुमति दिँदा किन बसाइँसराइ गर्नुपर्‍यो सम्बद्ध स्थानीय निकायले बसाइँसराइ रोक्न किन सकेन भन्ने कुराको समेत पुष्टि हुने विषयहरू समेटिनु आवश्यक देखिन्छ । यसरी आन्तरिक र बा≈य दुवैथरी बसाइँसराइ नियन्त्रण गर्न सम्बद्ध पक्षहरू समयमै चनाखो हुन आवश्यक छ । जनशक्ति निर्यात नीति र आर्थिक वृद्धि प्राप्त गर्ने नीति आफैमा विरोधाभासी विषय हुन् । जनशक्ति निर्यातसहितको आर्थिक वृद्धि र राजस्व वृद्धिको असम्भव मोडलतिर देशलाई धकेल्नु निश्चय नै बुद्धिमानी कार्य होइन । लेखक व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत हुन् ।     

सम्बन्धित सामग्री

‘अवैध बाटोबाट पैसा बिदेसिंदा मुलुकमा आर्थिक संकट’

अवैध बाटोबाट पैसा बिदेसिँदा मुलुकमा आर्थिक संकट देखिएको आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले आरोप लगाएका छन्।...

आर्थिक संकट गहिरिएको भन्दै निजी क्षेत्र चिन्तित

मुलुकमा आर्थिक संकट गहिरिँदै गएको भन्दै निजी क्षेत्र चिन्तित देखिएको छ। आर्थिक गतिविधि सुस्ताएको छ।...

आर्थिक संकट समाधान गर्न सार्वजनिक महत्वको प्रस्ताव

वर्तमान आर्थिक संकट समाधानका लागि राष्ट्रिय सभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस भएको छ । राष्ट्रिय सभा सदस्य मदनकुमारी शाहले बुधबार पेस गरेको प्रस्तावमा समाजवादउन्मुख आत्मनिर्भर र समृद्ध अर्थतन्त्रको विकास गर्न...

लेबनानमा आर्थिक संकट विरूद्ध प्रदर्शन

एजेन्सी । मध्यपूर्वी मुलुक लेबनान पनि आर्थिक संकट गहिरिंदै गएको छ । बैंकमा राखेको निक्षेप पनि फिर्ता लिन नपाउने अवस्था आएको भन्दै सर्वसाधारण विरोध प्रदर्शनमा उत्रिएका हुन् । अवकाश प्राप्त कर्मचारी र सुरक्षाकर्मीहरु नै बैंकले रकम फिर्ता नदिएको भन्दै सर्वसाधारण प्रदर्शनमा उत्रिएका हुन । राजधानी बेरुतमा बुधबार भएको प्रदर्शनमा झडप समेत भएको छ । प्रदर्शनकारीहरुले […]

आर्थिक संकट गहिरिँदै जाँदा श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा

काठमाडौं : आर्थिक संकटमा फसेको श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन्। आर्थिक संकट नियन्त्रणमा सरकारको जिम्मेवारपूर्ण प्रयास नभएको भन्दै चर्को विरोध र जनदबावबिच उनले राजीनामा दिएका हुन्। ७६ वर्षीय राजापाक्षेले आफ्ना भाइ तथा श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेलाई आफ्नो राजीनामासँगै आर्थिक संकट हल गर्न सहज हुने अपेक्षा गरेका…

आर्थिक संकट चुलिएको हल्लाले राजस्व संकलनमा असर

काठमाडौं । पछिल्लो समय श्रीलंकाको जस्तै मुलुकमा आर्थिक संकट चुलिएको भन्ने हल्लाकै कारण हाल राजस्व संकलनमा गम्भीर असर परेको छ । विगत केही सातादेखि लगातार देशको अर्थतन्त्रका सबै सूचक नकारात्मक देखिएर आर्थिक संकट गहिरिँदै गएको भन्ने हल्ला फैलिएसँगै हाल सरकार देशको राजस्व संकलनमा कमजोर बन्दै गएको हो । सोही हल्लाकै प्रभावले चालू आर्थिक वर्षको बितेका […] The post आर्थिक संकट चुलिएको हल्लाले राजस्व संकलनमा असर appeared first on राजधानी राष्ट्रिय दैनिक.

देशमा आर्थिक संकट आउँदैन– भरत शाह

प्रतिनिधिसभा सार्बजनिक लेखा समितिका सभापति भरत कुमार शाहले देशमा आर्थिक संकट नआउने बताएका छन् ।

नारायणहिटी संग्रहालयमा 'आर्थिक संकट'

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएपछि दरबार संग्रहालय तथा गणतन्त्र स्मारकको दैनिक खर्च व्यवस्थापन ठप्प भएको छ । त्यति मात्रै होइन भइपरि आउने खर्चदेखि सामान्य चिया र खाजा व्यवस्थापन गर्न समेत समितिलाई आर्थिक संकट भएको छ । कार्यालय प्रमुख नहुँदा आर्थिक संकट बेहोरिरहेका समितिमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले यो महिनाभित्र कार्यालय प्रमुखको व्यवस्था नगर्ने हो भने त्यहाँका कर्मचारीले तलबसमेत खान पाउने छैनन् । यस्तो दयनीय अवस्थामा क...

अफगाननिस्तानमा चरम आर्थिक संकट

एजेन्सी, १४ मंसिर । तालिबानले शासन गरेको अफगानिस्तानमा बेरोजगारीको कारण उच्चदरमा आर्थिक संकट बढीरहेको छ । त्यहाँका नागरिकहरुले धेरै मुस्किलसँग जीवन गुजारा गरिरहेका छन् । टोलो न्युजको अनुुसार तालिबान अधिकारीहरुले देशमा भएका व्यक्तिहरुको आर्थिक र मानविय संकट कम गर्न अन्तराष्ट्र्रिय समुदायसँग आह्वान गरेका छन् । इस्लामित अमीरातको प्रवक्ताको अनुसार तालिबानले अन्तराष्ट्र्रिय समुदाय मध्येमा सबैभन्दा पहिलो […]

शुक्रबार मन्दिरमा यी चीज अर्पित गर्दा आर्थिक संकट हट्ने

८ असोज । शुक्रबारलाई माता लक्ष्मी, माता कालिका र शुक्राचार्यको बार मानिन्छ । शुक्रबारको ग्रह हो शुक्र ग्रह । शुक्रबारको व्रत बस्दा र माता लक्ष्मीको पुजा गर्दा आर्थिक संकट हटेर धन, सम्पत्ति र ऐश्वर्या बढ्छ । शुक्रबार माता लक्ष्मीलाई यी चीज चढाउनुपर्छ, जसले आर्थिक संकट हट्छ । कमलको फुलः कमलको फुल माता लक्ष्मीको अति प्रिय […]