शुक्रबार मन्दिरमा यी चीज अर्पित गर्दा आर्थिक संकट हट्ने

८ असोज । शुक्रबारलाई माता लक्ष्मी, माता कालिका र शुक्राचार्यको बार मानिन्छ । शुक्रबारको ग्रह हो शुक्र ग्रह । शुक्रबारको व्रत बस्दा र माता लक्ष्मीको पुजा गर्दा आर्थिक संकट हटेर धन, सम्पत्ति र ऐश्वर्या बढ्छ । शुक्रबार माता लक्ष्मीलाई यी चीज चढाउनुपर्छ, जसले आर्थिक संकट हट्छ । कमलको फुलः कमलको फुल माता लक्ष्मीको अति प्रिय […]

सम्बन्धित सामग्री

ऊर्जा संकटपछि श्रीलंकाले शुरु गर्‍यो दैनिक १० घण्टा विद्युत् कटौती

चैत १६, कोलम्बो । श्रीलंकामा बुधवारदेखि दैनिक १० घण्टा विद्युत् कटौती शुरु भएको छ ।            देशमा ऊर्जा  संकट उत्पन्न भएकाले देशव्यापी विद्युत कटौती दैनिक रुपमा गर्नु परेको त्यहाँका अधिकारीहरूले बताएका छन् ।            दुई करोड २० लाख जनसङ्ख्या रहेको दक्षिण एशियाली मुलुक श्रीलंकामा आर्थिक संकट चुलिएको छ भने विदेशी मुद्राको अभाव भएको छ ।            श्रीलंकामा प्रयोग हुने विजुलीमध्ये ४० प्रतिशत विजुली जलविद्युत् परियोजना मार्फत उत्पादन हुने गरेको छ । जलविद्युत् उत्पादनका लागि प्रयोग हुने जलाशय भने अहिले संकटमा रहेका छन् ।            पर्याप्त वर्षा नभएको र पानी पनि कम भएकाले विजुली उत्पादन कम भएको अधिकारीहरूको भनाइ छ ।            बाँकी विजुली भने कोइला र तेलबाट उत्पादन गर्ने गरिएको छ । ती दुवै चीज विदेशबाट आयात गर्नु पर्ने र आयातका लागि विदेशी मुद्रा नभएकाले आयात गर्न गाह्रो भएको छ । कोइला र तेलको कमीका कारण विजुली उत्पादन कम भएकाले विद्युत् प्रवाह पनि कटौती गर्नु परेको अधिकारीहरूको भनाइ छ । रासस/ एएफपी